सिके राउतलाई किन स्वागत गरेको भन्दै भारतीय विदेश सचिवलाई प्रश्न
काठमाडौं – नेपालको संविधानको पहिलो संशोधनपछि त्यसलाई ‘सकारात्मक’ भनेको भारतले किन पृथकतावादी सिके राउतलाई स्वागत गरेको भन्दै भारतीय पत्रकारहरुले विदेश सचिवलाई प्रश्न उठाएका छन् । बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले भारतीय विदेश सचिव विकास स्वरुपलाई प्रश्न गरे, ‘नेपालको संविधानमा गरिएको पहिलो संशोधनलाई स्वागत गर्ने भारतले किन पृथकतावादी सिके राउतलाई स्वागत गरेको ? यसबाट कस्तो परस्परविरोध सन्देश दिन खोजिएको हो ?’ जवाफमा स्वरुपले यसबाट त्यस्तो सन्देश दिन नखोजेको स्पष्ट पार्दै आफूहरुले संविधान संशोधनको स्वागत गरिसकेको उल्लेख गरे । सिके राउतलाई स्वागत गर्नु एक प्रक्रियाकै हिस्सा भएको उनले बताए । ‘मधेसका विभिन्न मागहरु छन् र हामी विभिन्न राजनीतिक पार्टीहरुको निरन्तर सम्पर्कमा छौं । हामी कसैको पक्षमा छैनौं । हामी नेपालमा देखिएको राजीतिक गतिरोध चाँडोभन्दा चाँडो अन्त्य होस् भन्ने चाहन्छौं,’ उनले भने । प्रधानमन्त्री ओली भारत आउँछन् त्यस्तै, स्वरुपले नेपालका प्रधानमन्त्री भारत आउने मिति तय हुँदै गरेको पनि जानकारी दिएका छन् । एक पत्रकारले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी नहटेसम्म भारत भ्रमण नगर्ने बताएको भन्दै स्वरुपसँग प्रश्न गरेका थिए । जसको जवाफमा उनले त्यस्तो सन्देश आधिकारिक च्यानलबाट भारतसम्म नआइपुगेको स्पष्ट पारे । ‘प्रधानमन्त्रीका रुपमा चयन हुने बित्तिकै हामीले वहाँले भारत भ्रमणको निम्तो दिएका थियौं । वहाँको भारत भ्रमणको मिति कुटनीतिक च्यानलबाट तय हुँदैछ,’ स्वरुपले जवाफ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण