झापालाई पन्छाउँदै मनाङ आहा गोल्डकपको फाइनलमा
पोखरा – पोखरा रंगशालामा जारी १४ औँ आहा रारा गोल्ड कप प्रतियोगिताको बिहीबार भएको खेलमा झापा–११ लाई ४–० गोल अन्तरले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्गदी क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मनाङलाई जिताउन जर्सी नम्बर ९९ का ओला ओलेले ह्याट्रिक गरे । उनले झापा–११ विरुद्ध खेलको खेलको १६ औँ, ७१ र ९७ औँ मिनेटमा गरी ३ गोलको योगदान दिए । खेलको ७५ औँ मिनेटमा मनाङका सुजल श्रेष्ठले १ गोल गरे । पहिलो हाफमा राम्रो खेलेको झापा–११ ले १० औँ मिनेटमा गोल गर्ने अवसर चुकायो । झापाका एकलास कार्कीले हान्दै गरेको बल किरण चेम्जोङले बचाए । खेलको १६ औँ मिनेटमा मनाङका विश्वास श्रेष्ठको हाई पास बललाई सदुपयोग गर्दै मनाङका ओलाओले हेड मार्फत गोलको दिशा दिए । मनाङ १ गोलले अग्रता लिईरहेको बेला खेल को ४५ औँ मिनेटमा झापाका योगेश गुरुङले दिएको पासमा कर्ण लिम्बुले मिठो प्रहार गरे तर गोल हुन सकेन । दोस्रो हाफमा निरन्तर दबाब दिईरहेको झापा–११ले मनाङ विरुद्ध थुप्रै गोल गर्ने अवसर हुँदा हुँदै पनि मनाङका किपर किरण चेम्जोङले निरन्तर बचाउ गरिरहे । झापा–११ का कर्ण लिम्बुले हानेका कतिपय प्रहारहरु किरणले विफल बनाएका थिए । ओलेले खेलको ७१ औं मिनेटमा अर्को गोल थपे भने ७५ औँ मिनेटमा मनाङका अनिल गुरुङले दिएको पासमा सुजल श्रेष्ठले गोल गर्दै झापा विरुद्ध ३–० को अग्रता लियो । मनाङले दोस्रो हाफको ईन्जुरी टाईम सकिने बेलामा मनाङका सुजल श्रेष्ठले दिएको छोटो मिठो पासको सदुपयोग गर्दै ओलेले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । आजको म्यान अफ दी म्याच मनाङका ओल ाओले घोषित भए । उपाधिका लागि शनिबार लक्ष्मी हुन्डाई मनाङ मस्याङ्गदी क्लब त्रिभुवन आर्मी क्लब काठमाण्डौँसँग भिड्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण