पर्यटन प्रबद्र्धन गर्न युवा टोलीले एशिया भ्रमण गर्दै
काठमाडौं – ‘शान्ति र बिकासका लागि पर्यटन’ भन्ने मुख्य नारा सहित युवाहरुको टोली एशिया भ्रमणमा जाने भएको छ । संयुक्त युवा संगठनको आयोजनामा गरिएको एसिया भ्रमण मार्फत नेपालको पर्यटन प्रबद्र्धन गर्न १२ जना युवाको टोली जाने भएको हो ।
बंगलादेश, म्यानमार, कम्बोडिया, लाओस, सिंगापुर र मलेशियाको भ्रमण तथा थाइल्याण्डको हुन लागेको अन्तर्राट्रिय स्तरको कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ । नेपालको टुरिजम् प्रमोट गर्ने मुख्य उद्येस्य सहित जान लागेको यो टोलीलाई नेपाल टुरिजम बोर्ड, नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस ( नाट्टा ), डाइनामिक ट्राभल्स, पाथीभरा देबि ट्राभल्स, बोन ट्राभल्स र युरो ट्राभल्सले सहयोग गरेका छन् । २१ दिन लामो भ्रमणबाट नेपाली टुरिजम क्षेत्रको बारेमा जानकारी गराउन सफल बन्ने संयुक्त युवा संगठनका अध्यक्ष दिबाकर बाबु भट्टराईले बताए । नेपालमा जारी नाकाबन्दीका बाबजुद पनि नेपालको टुरिजम् क्षेत्रमा असर नपरेको कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन यो भ्रमणले सहयोग गर्ने विस्वास संस्थाको छ । माघ १७ गते देखि फागुन ११ गते सकिने यो भ्रमण लागि बिभिन्न राष्ट्रिय तथा अन्तर्राट्रिय संगठनहरुको सहयोग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण