एनआरएनएद्वारा हालसम्म १ करोड ६० लाख रुपैयाँको औषधि सरकारलाई सहयोग
काठमाडौं – नाकाबन्दीका कारण नेपालका अस्पतालमा जीवनरक्षक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले करिव १ करोड ६० लाख रुपैयाँको औषधि र औषधिजन्य सामाग्रीहरु नेपाल सरकारलाई सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।पहिलो, दोस्रो र तेस्रो चरणमा गरी करिव १ करोड पाँच लाखको औषधि हस्तान्तरण गरेको संघले हालै थप करिव ५५ लाख रुपैयाँ औषधि तथा सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बिश्वभर छरिएर रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट बिभिन्न देशमा औषधि खरिद गरी संघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभाग तथा जनकपुर, नारायणी तथा वुटवल अञ्चल अस्पतालहरुलाई ती औषधि उपलब्ध गराएको थियो ।
हालै मात्र गैरआवासीय नेपालीहरुको सहयोगमा अष्ट्रेलियाबाट अष्ट्रेलियन डलर ३१,७७४ -हवाई ढुवानी भाडा सहितको मूल्य) बराबरको जीवन रक्षक औषधी तथा औषधीजन्य सामाग्रीहरु सहयोग गरिएको छ । यसैगरी चीन बाट अमेरीकन डलर ६,६२३ मूल्य बराबरको औषधीजन्य प्राप्त भएको छ जसलाई नेपाल वायुसेवा निगमले हङ्गकङ्गबाट निशुल्क ढुवानी गरी काठमाण्डौं ल्याईदिएको थियो ।
सो सामाग्री पनि नेपाल सरकार, स्वास्थ मन्त्राल्य, स्वास्थ सेवा विभाग आपूर्ति महाशाखालाई हस्तान्तरण गरेकोछ । यी सहयोगार्थ पठाईएका परोपकारी सामग्रीहरुको वजार मुल्य यो भन्दा निकै गुण बढि रहेको सहयोगीहरुले वताईएका छन् ।
पहिलो चरणमा गत् मंसीर ८ गते ३८ लाख मुल्य बराबरको जीवन रक्षक औषधीहरु संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका थिए।
दोश्रो चरण मंसीर १४ गते संघले जनकपुर, नारायणी र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई २५ लाख ७४ हजार रुपैयांको औषधि हस्तान्तरण गराएको थियो । मन्त्रालयसँगको सहमति र नेपाली सेनाको सहयोगमा संघले तीनवटै अस्पताललाई सम्बन्धित स्थानमै पुगेर औषधि हस्तान्तरण गरेको थियो ।
तेश्रो चरणमा संघले ५० लाख १८ हजार रुपैयां बराबरको औषधि स्वास्थ राज्यमन्त्री म. मुस्ताक आलम मार्फत नेपाल सरकार स्वास्थ मन्त्रालय औषधी विभागलाई हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण