एशिया कपमा भारत-पाकिस्तान भिडन्तको मिति तय
ढाका – टी–२० विश्वकप सुरु हुन अगावै बंगलादेशमा हुने एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यस प्रतियोगिताको शुरुआत २४ फेब्रुअरीबाट हुनेछ । प्रतियोगिताको फाइनल खेल मार्च ६ तारिखमा हुनेछ । प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त २७ फेब्रअरीमा मीरपुरमा हुने तय भएको । गत वर्ष अस्टेलियामा भएको विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेपछि दुई देशबीच कुनै भिडन्त भएको छैन् । विश्वकपमा भारतले पाकिस्तानलाई हराएको थियो । टी २० विश्वकपमा पनि हुनेछ भिडन्त टी २० विश्वकपमा पनि भारत र पाकिस्तानबीच भिडन्त हुनेछ । दुई टोलीबीचका भिडन्त १९ मार्चमा धर्मशाला रंगशालामा हुनेछ । विश्वकप ४ मार्चबाट सुरु हुनेछ र यसको फाइनल ३ अप्रिलमा हुनेछ । विश्वकपको आयोजना भारतले गर्दैछ । एशिया कपमा अरु कोको सहभागी एशिया कपमा भारत र पाकिस्तानबाहेक श्रीलंका, बंगलादेश, अफगानिस्तान, हंगकंग, ओमान र युएई सहभागी छन् । यसपटक एशिया कप एकदिवसीय नभएर टी २० फम्र्याटको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण