फोन बुथ जत्रो छ विश्वकै सानो डिस्को
विश्वकै सानो डिस्को कत्रो होला ? जर्मनीमा रहेको टेलिडिस्को झन्डै एउटा पिसिओ फोनबुथ बराबरको क्षेत्रफलमा छ । यो डिस्कोलाई जर्मन कम्पनी ड्यूटसि टेलिकोमले सञ्चालनमा ल्याएको हो । यहाँ कुनै समय फोनवुथ थियो र अहिले पनि फोनवुथ बनाउने तयारी भइरहेको छ । यस डिस्कोमा एक समय दुईजनाले मात्रै नाच्न पाउँछन् । डिस्कोमा प्रवेशका लागि क्वाईन सिस्टम लागू गरिएको छ । यहाँ प्रवेश गर्न तपाईले केवल एकजना मात्रै साथी लिएर जानु पाउनुहुन्छ । तर भित्र डिस्कोमा पाइने प्राय सुविधा उपलब्ध छन् । यहाँ अत्याधूनिक लाईट, डिस्को बल र तपाईले चाहेको म्यूजिक लगाउनका लागि टच स्क्रिनको व्यवस्था छ । यहाँ सेल्फी लिन प्रतिबन्ध छ । तर डिस्को आफैँले राखेको क्यामेराले तपाईका फोटो र भिडियोहरु कैद गरेको हुन्छ । यो ठाउँ खास फोनवुथका लागि बनाइएको हो । बर्लिन नजिकै रहेको यो ठाउँमा प्रवेश लिनका लागि टिकटदर ३ सय ५० पाउन्ड लाग्छ । बर्लिनमा यस्ता थुप्रै डिस्कोहरु छन् । प्रायः आफ्नी प्रेमिकासँग एक्लै समय बिताउन चाहनेहरु यस्तो डिस्को धाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण