लडाकु व्यवस्थापन खर्चको लेखा परीक्षण भइसक्यो : महासचिव महरा
बिहीबार, १४ माघ २०७२, २० : ४५
तुलसीपुर (दाङ) - एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले संविधान संशोधन गरी मधेसीको माग संशोधन प्रक्रिया सुरु भएकाले अब मधेस आन्दोलन र नाकाबन्दीको समस्या चाँडै नै हट्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ रोल्पाले आज लिवाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताए ।
उनले मधेसी दलले बाहिरी रुपमा संविधानको खुलेर स्वीकार नगरेको भए पनि भित्रीरुपमा भने संविधान स्वीकार गरेको दाबी गरे।
अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा नेता महराले शान्ति प्रक्रिया सुरु भएपछि लडाकु व्यवस्थापन गर्दा आफूले सरकारसँग बुझेको खर्चको बारेमा अनुसन्धान गर्नुपर्ने भनी पत्र पठाएको जवाफ दिए । अहिले सो रकमको लेखा परीक्षण भइसकेको समेत उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण