१ सय १२ वर्षीय बाटुली भन्छिन्, ‘दिनको ३० वटा बिँडी पिएर पनि बाँचेकै छु’
काठमाडौं – धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तर १ सय १२ वर्षकी वृद्ध बाटुली लामिछाने यो भनाईलाई मान्न तयार छैनन् । विक्रम सम्वत १९५९ मा सिन्धुपाल्चोकमा जन्मिएकी बाटुली विवाहपछि नुवाकोटस्थित श्रीमान्को घर गइन् । तर, उनका लागि जीवन सहज भएन । ८ दशकअघि नै भारत गएका श्रीमान् छविलाल लामिछाने फर्किएनन् । त्यसका बाबजुद बाटुली विना तनाव १ सय १२ वर्षसम्म आफ्नो जीवन चलाइरहेकी छिन् । उनी धुम्रपानकी अम्मली हुन् । दैनिक ३० वटा बिडीँ पिउँछिन् । उनी भन्छिन्–‘सक्रिय जीवनशैलि र तनाव बिनाको दैनिकी मेरो लामो जीवनको कारण हो ।’ बेलायती समाचार संस्था लामो जीवन जिउन चाहनेहरुलाई मन्त्र दिदैँ भन्छिन्–‘तनावमुक्त हुनुहोस र सधैँ सक्रिय रहनुस् । सधैँ खुसी हुनुहोस् र तपाईले लामो जीवन बाँच्न पाउनुहुनेछ । म कति वर्षको भए भन्ने वास्ता गर्दिन । तर म अझै बुढी भएकी छैन् । मैले आफ्नो जीवनमा धेरै परिवर्तन देखेँ । आफ्नो उमेरका बाबजुद उनी अझै चेन स्मोकर हुन् र दैनिक झन्डै ३० वटा बिडीँ पिउँछिन् । भन्छिन् –‘मैले बिडीँ पिउन थालेको ९५ वर्षभन्दा धेरै भयो । तर बिडीँ खाएकै कारण केही नराम्रो भएको छैन् ।’ उनी बिक्रीका लागि बजारमा पाइने चुरोटको गुणस्तर भने राम्रो नहुने बताउँछिन् । गत वैशाखमा गएको महाभूकम्पपछि उनको घर भत्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण