इलाममा उनन्तीस गाविसमा एक हजार ८२४ हेक्टर वन अतिक्रमण
शुक्रबार, १५ माघ २०७२, १० : ४०
इलाम - इलाममा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ । जिल्ला वन कार्यालयका अनुसार २९ गाविसमा सामुदायिक र राष्ट्रिय वन गरी एक हजार ८२४ हेक्टर वन अतिक्रमण भएको छ ।
वन कार्यालयका अनुसार दानबारी गाविसमा ७०० हेक्टर, माईमझुवामा २०० हेक्टर, बा“झो र चुलाचुलीमा २५० हेक्टर वन अतिक्रमण भएको सहायक वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिनुभयो । कोल्वुङमा ११०, शान्तिपुरमा १००, महमाईमा १८३ हेक्टर, नामसालिङमा २९ हेक्टर, जोगमाईमा ३३, पुवामझुवामा १२, माईपोखरीमा १०, फुएँतप्पामा १५ हेक्टर सरकारी तथा सामुदायिक वन अतिक्रमण भएको छ ।
वन क्षेत्र अतिक्रमण गरेर सुकुम्बासी बसेका छन् भने अधिकांश अतिक्रमित वन क्षेत्रमा बजार विस्तार भएको छ । दुई सय ३० वटा भन्दा बढी सामुदायिक वन रेखदेखका लागि समुदायमै हस्तान्तरण गरिए पनि ५० भन्दा बढी सामुदायिक वन अतिक्रमणको चपेटामा परेका छन् ।
अतिक्रमित क्षेत्र खाली गराउनका लागि मन्त्रालयमा बारम्बार बजेट माग गरिए पनि पर्याप्त बजेट नआउँदा समस्या भएको वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत सुनिलकुमार सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण