नाकामा आउन छाडे मोर्चा : नाकाहरुमा राखिएको पन्डाल हटाइयो
गौशाला - पाँच महिनादेखि सयौँ नेता तथा कार्यकर्ताद्वारा चौबिसै घन्टा धर्नाका लागि महोत्तरीका विभिन्न सीमानाकामा राखिएको समियाना र पन्डाल हटाइएको छ । भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर चौबिसै घन्टा धर्ना बस्दै आएका मोर्चाका नेता तथा कार्यकर्ता अब नाकामा आउन छाडेका छन् भने ती नाकामा बनाइएका सबै समियाना र पन्डालहरु तोडफोड गरी हटाइएको छ । महिनौँदेखि जारी तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा पाँच महिनादेखि आन्दोलन गर्दै आएका मोर्चामा आबद्व महोत्तरीका स्थानीय नेता कार्यकर्ता निरास भई नाकामा आउन छाडेको तथा अब उनीहरुले बस्ने गरेको समियाना र पन्डाल पनि भत्काइएको छ । त्यस्तै, नाकामा व्यवस्था गरिएको निःशुल्क भोजन पनि बन्द भएपछि नाकामा आन्दोलनकारी जान छाडेका छन् भने जिल्लाका सबै नाकाबाट निर्बाध रुपमा सबै प्रकारका सवारी तथा मालवाहक साधन नेपाल–भारत ओहोरदोहोर गर्न थालेका छन् । गत असोज ७ गतेदेखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य तीन नाकामा देखिने आन्दोलनकारीको भीड अहिले छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण