सरकार छाड्ने कुरा सडक हल्ला मात्र : गृहमन्त्री बस्नेत
झापा - गृहमन्त्री शक्तिबहादुर बस्नेतले शान्ति, समृद्धि र सुशासनयुक्त समाज निर्माण गर्नु नै सरकारको पहिलो काम भएको बताएका छन् ।
झापाको बिर्तामोडमा क्रान्तिकारी पत्रकार सङ्घले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले मुलुकमा शान्ति, समृद्धि र सुशासन नभई देशको विकास नहुने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित रहेको बताएका हुन् ।
बितेको तीन महिना सरकार कामको तयारीमा लागेकाले अब परिणाम देखिने र अनुभूति हुने गरी सरकारले काम गर्ने गृहमन्त्री बस्नेतले बताए ।
एक फरक प्रसङ्गमा संविधानको संशोधनबाट मधेसी मोर्चाको माग मूलरुपमा सम्बोधन भइसकेकाले अब आन्दोलनको जरुरी नरहेको उहाँको भनाइ छ । मधेसी मोर्चाले उठाएको सीमाङ्कनको विषय राजनीतिक संयन्त्रमा हुने छलफलबाट टुङ्ग्याइने उनले बताए । राजनीतिक संयन्त्रले निकालेको निष्कर्षलाई संवैधानिक मान्यता दिई संवैधानिक व्यवस्थामार्फत सीमाङ्कनको विषय टुङ्गिने उनको भनाइ थियो ।
गृहमन्त्री बस्नेतले संविधानले सबैको भावना समेटेको र पछि उठ्ने आवाज समेट्नका लागि पनि संविधानमै समयानुकूल संशोधनको व्यवस्था गरिएकाले अब मुलुकमा कसैले हतियार उठाउनु र आन्दोलन गर्नु आवश्यक नरहेको बताए ।
केही दिनमै नाका पूर्णरुपमा खुलेर आपूर्ति व्यवस्था सहज हुनुका साथै अहिले देखिएको कालोबजारी र तस्करीको अवस्था अन्त्य हुने उनको कथन थियो ।
एकीकृत नेकपा ९माओवादी०का नेतासमेत रहनुभएका गृहमन्त्री बस्नेतले पत्रकारको जिज्ञासामा आफ्नो पार्टीले सरकार छाड्ने भन्ने कुरा सडक हल्लामात्र भएको बरु सरकारलाई प्रभावकारी बनाउन लागिपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण