आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीर्घकालिन योजनासहित एक हप्ताभित्र उर्जा संकटकाल : अर्थमन्त्री

शुक्रबार, १५ माघ २०७२, १४ : ४७
शुक्रबार, १५ माघ २०७२

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले एक हप्ताभित्र सरकारले उर्जा संकटकाल घोषणा गर्ने बताएका छन् । राजधानीमा आयोजित वर्तमान उर्जा संकट समाधानका लागि जलविद्युत् विकाश विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले उर्जा संकट समाधान गर्न नीतिगत समाधानका उपायहरुसहित उर्जा संकटकाल घोषणा गर्ने तयारी गरेको जानकारी दिएका हुन् । मन्त्रालयले मंसिर ८ गते श्वेतपत्र जारी गर्ने क्रममा नै एक महिनाभित्र उर्जा संकटकाल घोषणा गर्ने बताएपनि हालसम्म सो प्रतिबद्धता पूरा हुन सकेको छैन । अर्थमन्त्री पौडेलले सरकारले तात्कालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु तर्जुमा गरिरहेको पनि बताए । उनका अनुसार दीर्घकालिनक रुपमा जलस्रोतको उपयोग र निर्यात गर्ने योजना, मध्यकालिनमा राष्ट्रिय उत्पादन बढाउने र तात्कालिन रुपमा लोडसेडिङ न्युनिकरण गर्ने योजना सरकारले ल्याउन लागेको बताए । उनले लोडसेडिङ र उर्जा संकट समाधानका लागि जलविद्युत आयोजनामाथिको निर्भरता हटाउन सकारले वैकल्पिक उर्जा पनि ध्यान दिने बताए । ‘उर्जा संकट समाधान गर्न हामी समग्र प्रस्ताव अगाडी सार्दै छौं,’ मन्त्री पौडेलले भने ।

उनले नेपालमा नीति निर्माण तहमा पुगेकाहरुमा छोटो समयमा चर्चामा आउने काम गर्ने प्रवृति बढेकोले दीर्घकालिन समस्या समाधान हुन नसकेको जिकिर गरे । ‘यो सरकार दीर्घकालिनरुपमा नै समस्या समाधान गर्नका लागि लागीपरेको छ । कर्णप्रीय हुन मात्र सरकार लाग्दैन,’ उनले भने । उर्जा क्षेत्रमा आजका लागि हेरेर योजना बनाएकोले समस्या बढेको उनको कथन थियो ।

‘हामी भारत वा अन्यत्रबाट पनि विद्युत किन्न सक्छौं तर प्रशारण लाइन छैन,’ उनले भने, ‘हाम्रा नीतिहरु आजका लागि हेरेर मात्र निर्माण गरिन्छ । निर्माणसम्पन्न हुँदासम्म त्यसैले धान्न सक्दैन । त्यसैले भोलीका लागि हेरेर योजना बनाउनुपर्छ ।’ उनले आफू छोटो अवधिमा जलस्रोत मन्त्री हुँदा उर्जा समाधानका उपायहरु सार्वजनिक गरेको स्मरण गर्दै अहिले पनि सबै त्यसैको वरीपरी घुमेको बताए ।

विदेशी लगानी आकर्षण गर्नका लागि समस्या समाधानका उपायहरु सुझाउन सरोकारवालाई आग्रह गरे । ‘हामीले विदेशी मुद्रामा सम्झौता गर्छौं स्थायनीय मुद्रामा गर्न उनीहरु मान्दैन,’ मन्त्री पौडेलले भने, ‘यो समस्या समाधानका लागि सुझावको अपेक्षा गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप