स्थानीय निकाय पुनःसंरचना अयोग गठन गर्ने सरकारको तयारी
बनेपा - उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले फागुनको पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने बताएका छन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज धुलिखेलमा आयोजना गरेको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँले सो अयोगले एक वर्षभित्रमा स्थानीय निकायको पुनःसंरचानाबारे प्रतिवेदन बुझाउने जानकारी दिए ।
नयाँ संविधानले संविधान जारी भएको छ महिनामा यस्तो आयोग गठन गर्ने प्रावधान राखेको उनको भनाइ थियो ।
उहाँले स्थानीय निकायको पुनःसंरचनाका लागि आयोगले तयार पारेको प्रतिवेदनले स्थानीय निकायलाई बलियो र नयाँ मार्ग निर्देश गर्ने जानकारी दिँदै नयाँ संविधानमा फरक विचार भएकालाई पनि सम्बोधन गर्ने प्रावधान रहेको बताए ।
सो अवसरमा स्थानीय विकास सहायक मन्त्री विराटबहादुर विष्टले स्थानीय निकायको पुनःसंरचनाका बारेमा बोलेका थिए ।
गोष्ठीमा मध्यमाञ्चलको १९ जिल्लाका स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृतको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण