कालोबजारी गर्ने ७५ वर्षीय बृद्धसहित ४ जना पक्राउ
शुक्रबार, १५ माघ २०७२, १५ : २४
भक्तपुर – महानगरीय प्रहरी वृत्त जगातीले पेट्रोल र ग्याँसको कालोबजारी गरेको आरोपमा एक जना ७५ वर्षिय वृद्धसहित अन्य ४ जनालाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका वडा नं. ४ कमलविनायकका ७५ वर्षिय कृष्ण तजलेलाई कालोबजारी गरेर पेट्रोल र ग्याँस बिक्री गर्ने गरेको सूचना पाए पछि विहीबार साझँ पक्राउ गरीएको वृत्तका प्रमुख डिएसपी मित्रबन्धु शर्माले जानकारी दिएका छन् ।
प्रहरीको अनुसार तजलेका छोरा फरार रहेका जीवन तजलेले तराईका स्थानबाट पेट्रोलिम पदार्थ खरिद गरेर ल्याउने र बाउले बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिाएको छ ।
उनिहरुले तराईको भारतसंग सिमाना जोडिएको विभिन्न जिल्लाबाट पेट्रोलिम पदार्थ ढुवानी गरेर ल्याउन प्रयोग गरेको बा. १३ च ४१६९ नं.को सवारी साधन र चालक रमन बिकलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले कालोबजारीमा संलग्न रहेको आशंकामा उक्त सवारीका धनी राजकुमार शाह, सिरहा जिल्ला बस्ने दुर्गानन्द शाह र राकेशकुमार यादवलाई समेत पक्राउ गरेको छ ।
तजलेले आफ्नैघरबाट पेट्रोल प्रति लिटर २ सय ५० र ग्याँस ७ हजार देखि ७ हजार ५ सय रुपैयाँ सम्ममा बिक्रि गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
उनको घरबाट पेट्रोल १ हजार ६ सय लिटर तथा विभिन्न कम्पनीका पुरा भरिएका ४ वटा ग्यास सिलिण्डर र ३ वटा खाली सिलिण्डर समेत नियन्त्रणमा लिएको छ ।
फरार रहेका छोरा जीवनको खोजि भइरहेको र पक्राउ परेका अन्यलाई कालोबजारी ऐन अन्र्तगत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण