के छ ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ मा ? (फोटोफिचर)
काठमाडौँ - कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ आजदेखि शुरु भएको छ । सुबिसु केबलनेटको मुख्य प्रायोजन तथा हुवावेको सहप्रायोजनमा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित सो मेला यही माघ १५ देखि २० गतेसम्म चल्नेछ । सो मेलामा सूचना सञ्चार प्रविधिसम्बन्धी १८० स्टल रहेका छन् । उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको र त्यसका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए ।
सूचना प्रविधि मेलाको २२औँ संस्करण उद्घाटनको उक्त समारोहमा प्रधानमन्त्री ओलीले विश्वमा हासिल भएका नयाँनयाँ ज्ञान सीपका आधारमा विकासलाई उन्नत र व्यवस्थित बनाउन सकिने बताउँदै त्यसको प्रयोगमा नै हाम्रो विकासको गति निर्भर हुने बताए ।
मुलुक अब परम्परागत रुपमा अघि बढ्न नसक्ने बताउँदै उनले सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर भरपुर प्रयोग गर्ने र अब विद्युतीय सरकारको अवधारणाअनुसार सरकारका सेवा प्रदान गरिनेमा जोड दिए।
एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले दक्षिणी सिमानामा कसैले अवरोध नगर्दा पनि आपूर्तिमा असहज भएको बताउँदै अब त्यो खुल्ने अवस्थामा पुगेको र छिट्टै खुल्ने जिकिर गरे ।
कार्यक्रममा क्यान महासङ्घका अध्यक्ष इन्जिनियर विनोद ढकालले सूचना सञ्चार प्रविधिको पहुँच ग्रामीण क्षेत्रमा नपुगेसम्म विद्युतीय नेपालको परिकल्पना साकार नहुने बताए ।
सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवाको महत्व र आवश्यकतालाई बुझेर इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारसँग आग्रह गरे।
क्यान महासङ्घका महासचिव विश्व बलामीले सूचना प्रविधिसम्बन्धी यस्ता मेलाले मुलुकमा सूचना प्रविधिको विकास र विस्तार गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा, सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्र, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायत उपस्थित थिए ।
क्यानले सन् १९९२ देखि प्रत्येक वर्ष राजधानीमा सूचना प्रविधि मेलाको आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजनाहरू इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण