‘भारतको यो के नाटक हो’ : मन्त्री पुन
काठमाडौं– आपूर्तिमन्त्री गणेशमान पुनले कहिले नाका खुलाउने र कहिले बन्द गर्ने गरेर भारतले नाटक गरेको बताएका छन् । शुक्रबार बिहान वीरगन्जस्थित नेपाल भारत सिमा नाका खोलेर दिउँसो फेरी बन्द गरेर भारतले नाटक गरेको बताएका हुन् । ‘बिहान खोलियो भन्ने खबर आयो तर केहीबेर अघिमात्रै फेरी रोकियो भन्ने आएको छ ।’ मन्त्री पुनले शुक्रबार रातोपाटीसँग कुराकानी गर्दै भने ‘यो के नाटक हो ?’ नेपाल भित्रने ईन्धनमध्ये धेरै वीरगन्जबाटै भित्रिने भएकाले नेपाल भारतका अन्य नाका सहज भएपनि उक्त नाका बन्द हुँदा इन्धनमा निकै समस्या भएको उनले बताए । उनले नाका खोल्ने विषय राजनीनिक विषय भएकोले सरकारले यसका लागि सरकारले पहल गरिरहेको बताए । ‘तर कहिले खुल्छ भन्ने विषयमा ठ्याक्कै भन्ने अवस्था छैन,’ उनले भने । कालोबजारी आफै हटोस् मन्त्री पुनले इन्धनमा भएको कालोबजारी देशमा इन्धन अभावको कारणले गर्दा सिर्जना भएको बताए । कालोबजारी हटाउनका लागि आपूर्ति बढाउने प्रयास गरेकोले आपूर्ति बढेपछि कालोबजारी आफैँ हटोस भन्नेतर्फ लागेको उनको भनाई छ । ‘आपूर्ति बढाउने प्रयासमा छौँ, जसले गर्दा कालोबजारी आफै हटोस् ।’ उनले भने । काठमाडौँमा समस्या हुँदा अन्य नाकाबाट भित्रिने ६० प्रतिशत काठमाडौँ ल्याइएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण