विप्लव माओवादी पर्वतद्धारा जनपरिषद् गठन, प्रमुखमा गिरी
पर्वत–देशैभर जनपरिषद् गठन गरेको विप्लव नेतृत्वको माओवादीले पर्वतमा पनि आज समान्तार सरकारको रुपमा जन प्रतिनिधीसभा तथा जनपरिषद् गठन गरेको छ । कमला अधिकारीको अध्यक्षतामा गठन भएको ३ पछि थप गर्ने गरिको २५ सदस्यीय जिल्ला जनप्रतिनिधीसभाको भेलाले पर्वत जिल्ला जनपरिषद् गठन गरेको हो । आज पर्वतको कुश्माबजारमा सम्पन्न भेलाले धौलागिरी उपब्युरो सदस्य बैकुण्ठ गिरीको नेतृत्वमा १ पछि थप्ने गरि ११ सदस्यीय जिल्ला जनपरिषद् गठन गरेको हो । उक्त परिपद्को उपप्रमुखमा ढक बहादुर क्षेत्री, सदस्यीयहरुमा छलिमाया अधिकारी, राम अधिकारी, टिका नेपाली, धर्म पौडेल, ओम पन्त, डम्बर क्षेत्री, बिष्णु अधिकारी र द्रोण बहादुर क्षेत्री रहेका छन् । केन्द्रमा जनसंविधान, जनप्रतिनिधीसभा तथा जनपरिषद् गठन गर्दै अगाडी आएको माओवादीले पर्वतमा पनि आफ्नो सरकार गठन गरेको छ । जिल्ला जनपरिषद् गठन समारोहमा केन्द्रिय सदस्य तथा धौलागिरी उपब्युरो इन्चार्ज पारशमणी, धौलागिरी उपब्युरोका सदस्य अमरसिंह बाग्लुङ्ग जिल्ला सेक्रेटरी बिकीरण, पर्वत जिल्लाका सेक्रेटरी हिमाल, तथा उद्योग ब्यापार यातायात महासंघका केन्द्रिय सहसंयोजक दलसिंहलगायतको बिषेश उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो । परिषद् गठनपश्चात आफ्नो भनाई राख्दै केन्द्रिय सदस्य तथा धौलागिरी उपब्युरो इन्चार्ज पारसमणिले देश निकै संकटको अवस्थामा रहेकोमा नेपालमा गठित सरकार उदासिन भएको र जनतामा आफुहरुले विकल्पको रुपमा यो परिषद् निर्माण गरेको बताए । उनले माओवादी आन्दोलनमा केहि दलाल प्रवृतिका मानिसहरु रहेको र त्यो पार्टी संघर्षमा होमिन लाग्दा पलायन हुँदै गएको भन्दै कार्यकर्ताहरुलाई दृढतापुर्वक अगाडी बढ्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण