बाबुरामको नयाँ शक्तिमा केही पनि नयाँ छैन : नेता नेपाल
भीमदत्तनगर– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा केही पनि नयाँ नभएको बताएका छन् । एमालेको शुक्रबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा सुरु भएको तीनदिने महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता नेपालले गन्ध आएको रक्सी नयाँ बोतलमा हाल्दैमा केही नहुने भन्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले आन्दोलनरत् मधेसी मोर्चाको आन्दोलनले मधेसी समुदायकै नागरिकलाई सास्ती भइरहेको प्रति चिन्ता व्यक्त गर्दै दशगजाको आन्दोलन रोक्न समेत आग्रह गरेका छन् । प्रदेश सीमाङ्कनका विषयमा जनतालाई भड्काउने काम भइरहेको भन्दै उनले वैज्ञानिक आधारमा प्रदेश सीमाङ्कन हुनुपर्नेमा समेत जोड दिए । मधेस आन्दोलनले पहाडी र मधेसी समुदायबीच दूरी बढाउन खोजिएको आरोप उनले लगाए ।
संविधानमा विभेद छ भने देखाउनुस : उपप्रधान मन्त्री रावल
एमालेको महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधानमा भएको विभेद देखाउन आन्दोलनरत् मधेसी मोर्चालाई आग्रह गरे ।
‘संविधानको कुन धारा, कहाँ निर विभेद छ, देखाउनुस् ।’ उपाध्यक्ष रावलले भने, ‘हामीले संविधान संशोधनमार्फत मोर्चाका माग पूरा गरिसकेका छौं ।’
सरकार जुनसुकै तहमा पनि वार्ता गर्न तयार रहेको बताउँदै उनले संविधान कार्यान्वयनमा राजनीतिक दलहरु लाग्नुपर्नेमा समेत जोड दिए । आन्दोलन फिर्ता लिएर सहजता ल्याउन मोर्चासँग उनले आग्रह गरे ।
विधिभन्दा बाहिर जाने छुट छैन : महासचिव पोखरेल
सोही कार्यक्रममा एमालेका महासचिब ईश्वर पोखरेलले विधिभन्दा बाहिर गएर मधेसी मोर्चा आन्दोलित भएकाप्रति असहमति जनाए ।
‘अहिंसा मच्चाएर संविधान मान्दैनौँ भन्ने छुट कसैलाई छैन ।’ महासचिव पोखरेलले भने, ‘विधिभन्दा बाहिर गएर माग राख्न मिल्दैन ।’
अन्तरवस्तु, विधि र प्रक्रियाबाट संविधान जारी भएको बताउँदै उनले संविधान गतिशील दस्तावेज भएको बताए ।
छिमेकी मुलुकहरुको अनुचित कुरा स्वीकार्य नहुने बताउँदै उनले आत्मनिर्भरताको बाटोमा हिँड्नुपर्नेमा समेत जोड दिए ।
एमाले महाकाली अञ्चल कमिटीका इन्चार्ज रामकुमार ज्ञवालीको अध्यक्षतामा भएको भेला आइतबारसम्म सञ्चालन हुने एमाले कञ्चनपुरले जनाएको छ । भेलामा एमालेका अञ्चलभरका अगुवा कार्यकर्ताको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण