एक रेष्टुरेन्टमा २७ हजार ग्राहक खानाको प्रतिक्षामा
डेनमार्क– डेनमार्कको चर्चित रेष्टुरेन्ट ‘नोमा’ लाई चार पटकसम्म विश्वकै सर्वश्रेष्ठ रेस्टुरेन्ट घोषित गराउने सेफ रेने रेडजेपीले अस्टे«लियाको सिड्नीमा दश दिनका लागि पफ अप रेस्टुरेन्ट सुरु गर्ने भएका छन् । उनले त्यहाँ खानाका सौखिनहरुलाई आफ्नो अवार्ड विनिङ रेसिपी खुवाउँनेछन् । सिड्नीमा यस्तो घोषणा हुने बित्तिकै हजारौँ व्यक्ति यस रेस्टुरेन्टमा खाना खान आतूर देखिएका छन् । अहिले नै २७ हजारको नाम वेटिङ लिस्टमा छ । खानाका लागि एक व्यक्तिले तिर्छन् ३६ हजार यस रेष्टुरेन्टमा खानका लागि एक व्यक्तिले ३६ हजार रुपैयाँ बुझाउनुपर्छ । शेफ रेने भन्छन् –‘मलाई थाहा छैन् २७ हजारको नम्बर कहिले आउँछ । यति थाहा छ कि मानिसहरुको स्नेहका कारण यस्तो सम्भव भएको हो ।’ थुप्रै प्रसंशकले सिड्नीमा खाना खुवाउन आग्रह गरेपछि उनले त्यहाँ जाने निर्णय लिएका हुन् । उनी कलात्मक तरिकाले खाना सजाउने र त्यसलाइ लोकल टेस्ट दिने मामिलामा विज्ञ छन् । उनले पकाएको खाना खानेहरु सधैँ आश्चर्यमै पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण