दुबई अदालतद्वारा एक नेपालीलाई डेढ करोड जरिवाना
दुबई–साइबरक्राईम अपराध अभियोगमा दुबईमा एक नेपाली पक्राउ परेका छन् । उनलाई दुबई अदालतले पाँच लाख दिराम (करिब डेढ करोड नेपाली रुपैयाँ) जरिवाना सुनाएको छ । सम्भवत नेपाली कामदारलाई लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । एक भारतीय मुलका नागरिकसँग मिलेर आफैंले काम गरेको कम्पनीको इलेक्ट्रोनिक सिस्टम ह्याक गरेको अभियोगमा उनीहरुलाई उक्त सजाय सुनाइएको हो । दुबई प्रहरीले पक्राउ गरेका नेपालीलाई जिएस र भारतीयलाई सिएन नाम दिएको छ । जिएस उक्त कम्पनीका म्यानेजर र सिएन सेल्सम्यान हुन् । उनीहरूले काम गरिरहेका कम्पनीमा अज्ञात मेलमार्फत काम नगर्न, ग्राहकहरूसँग राम्रो रेकर्ड नरहेको भन्दै कम्पनीको प्रतिष्ठामाथि आँच आउने काम भएको थाहा भएपछि आन्तरिक अनुसन्धान गर्दा कम्पनीभित्रकै व्यक्तिले इجसिस्टम ह्याक गरी सूचना चोरेको पत्ता लागेको थियो । कम्पनीको गोप्य डाटाहरु कपि र पेस्ट गरेर उनीहरुका प्रतिस्पर्धी कम्पनीलाई पठाइएको पनि खुल्न आएको प्रहरीको भनाई छ । स्थानिय प्रहरीले नेपाली युवा जिएसलाई पक्राउ गरिसकेको छ । गल्फ न्युजका अनुसार उनले आफ्नो फैसलामाथि १५ दिनभित्र पुनरावेदन गर्न पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण