आगलागीमा रु पाँच लाख बराबरको क्षति
इनरुवा– सुनसरीको दुई वटा गाविसमा शुक्रबार मध्यरात आगलागी हुँदा रु पाँच लाख ५० हजार बराबरको क्षति भएको छ ।
जिल्लाको छिटहा गाविसमा बिजुली सर्ट भई बच्चालाल यादव र नरेश यादवको घरमा आगलागी हुँदा दुई वटा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, गरगहना जलेर पूर्णरुपमा नष्ट हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सो आगलागीको स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । त्यसैगरी श्रीपुरजव्दी– ६ श्यामसुन्दर सदाको घरमा चिसोको बेला बालेको घुरबाट आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।
आगलागीमा परेर सदाको चार वटा घर, दुई वटा गाईगोरु, १० वटा खसीबाख्रा, अन्नपात लत्ताकपडालगायतका सामग्री पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण