जाडोलाई मध्यनजर गर्दै सिरहामा कम्बल वितरण
सिरहा–तराईमा बढ्दो शीतलहर र जाडोको मध्यनजर गर्दै गोलबजार नगरपालिकाले १ सय ७५ जनालाई १ सय ७५ वटा कम्बल वितरण गरेको छ । नगरपालिकाले अति विपन्न, गरिब, दलित, अपाङ्गहरुलाई कमल वितरण गरेको गोलबजार नगरपालिका प्रमुख राजकुमार दाशले जनाएका छन् । तराईमा बढि जाडो हुने गर्दछ तर, समयमै हेरचाह र प्रयाप्त कपडाको अभावले अकालमै मृत्यु हुने गर्दछ यसको केहि मात्रमा राहतका लागि १ सय ७५ घर परिवारलाई कम्बल वितरण गरेको नगरपालिका प्रमुख राजकुमार दाशले बताए । दाशले विभिन्न समयमा समाजिक काम गर्दै आईरहेकाले समय अनुकुल र परिस्थिति हेरविचार गरि यस्ता मानव सेवा गर्दै जाने उनले बताए । कम्बल पाएपछि अति विपन्न, गरिब, दलित, अपाङ्गहरु खुसी भएका थिए । यसैगरी अन्य संघ–संस्थाले समेत जाडोको कपडा अरु ठाउँहरुमा सहयोग गरिदिए अकालमै कसैको मृत्यु हुनबाट जोगिने दाशले बताएका छन । अत्यधिक चिसोका कारण गतवर्ष सिरहामा २० जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण