छोरीको जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग
शनिबार, १६ माघ २०७२, ०९ : ४७
काठमाडौँ– गैर आवासीय नेपाली सङ्घ ९एनआरएन० अस्ट्रेयलियाका उपाध्यक्ष राज थपलिया र उहाँकी श्रीमती प्रमिती ९आचार्य० थपलियाले आफ्नो छोरी जस्मिनको जन्मदिनको अवसरमा एक विद्यालयलाई सहयोग रकम प्रदान गरेका छन् ।
दुर्गम मानिने डोल्पाको पनि दुर्गम माथिल्लो डोल्पामा रहेको निसाल गाविस–१ साल्दाङस्थित ‘द स्लोली नेपाल फाउन्डेड’ नामक विद्यालयलाई उनीहरुले रु दुई लाख ६० हजार १०१ सहयोग प्रदान गरेका हुन् ।
काठमाडौँमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा थपलिया दम्पतीका तर्फबाट उनीहरुका आफन्त रवीन्द्र थेवे र सनम थेवेले विद्यालयका सञ्चालकलाई सो रकम हस्तान्तरण गरे ।
अति विकट क्षेत्रका विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छोरीको जन्मदिनको अवसरमा उनीहरुले सो सहयोग गरेको कार्यक्रममा जानकारी गराइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण