भावनात्मक सम्बन्ध टुटाउने अभिव्यक्ति दिनुहुँदैन–नेता नेपाल
भीमदत्तनगर - नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग संविधान संशोधन मार्फत पूरा भइसकेको बताएका छन् ।
प्रेस चौतारी कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा गरेको पत्रकार सम्मेलनमा उनले आन्दोलनले सिङ्गो देश र मधेसलाई समस्या भएको उल्लेख गर्दैभने, “पहाड र मधेसको भावनात्मक सम्बन्ध टुटाउने खालका अभिव्यक्ति कसैले दिनुहुँदैन । ” पूर्वप्रधानमन्त्री नेता नेपालले धेरै राजनीतिक विषय टुङ्गिसकेको उल्लेख गर्दै अब आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।
वर्तमान सरकारले काम कम, कुरो बढी गरेको टिप्पणी गर्दै उनले सरकारलाई परिणाम देखिने गरी काम गर्न सुझाव दिए ।
चन्दको सालिकमा माल्यार्पण सहिद दिवसका अवसरमा आज भीमदत्तनगरको दशरथ चोकमा रहेको सहिद दशरथ चन्दको सालिकमा माल्यार्पण गरिएको छ । चन्दको सालिकमा नेता नेपाल, उपप्रधानमन्त्री भीमबहादुर रावल र अर्थ राज्यमन्त्री दामोदर भण्डारीले माल्यार्पण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण