आर्थिक विकासमा लागेमात्र नयाँ नेपाल : मन्त्री बस्नेत
शनिबार, १६ माघ २०७२, १८ : २४
चौतारा–गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधान विश्वमै उत्कृष्ठ रहेको ठोकुवा गर्दै जनताबीचको अन्तरविरोध, विमति र नमिलेका कुरा साझा संयन्त्र बनाई समाधान गर्न सकिने बताएका छन् ।
एकीकृत नेकपा ९माओवादी० चौतारा नगर समितिको प्रथम नगरसम्मेलनको आज चौतारामा उद्घाटन गर्दै मन्त्री बस्नेतले केही राजनीतिक पार्टीले समस्याको समाधान नचाहेको भन्दै मधेसवादी दलतर्फ इङ्गित गर्दै समस्याको समाधानभन्दा समस्यालाई टिकाइराख्ने काममा लागेको आरोप लगाए ।
मधेसी मोर्चाको नाकाबन्दीले हिमाल र पहाडका जनतालाई मात्र नभई तराईका जनतालाई पनि समस्या पारेकाले कहिलेकहिँ धेरैको भलोको लागि सरकारले अप्रिय कदम चाल्न पनि बाध्य हुने चेतावनी दिए ।
भूकम्प पीडितका लागि स्थानअनुसारको डिजाइन तयार पारी पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुनेगरी पुनर्निर्माणको अभियान अगाडि बढाउने उनले जिकिर गरे ।
भूकम्पले दुःख र पीडा दिई ठूलो क्षति पु¥याएपनि दुःखलाई सुखमा परिणत गर्नु आजको आवश्यकता रहेको चर्चा गर्दै मन्त्री बस्नेतले सबै राजनीतिक पार्टीले पारदर्शीताका साथ आर्थिक विकासतर्फ स्वस्थ प्रतिष्पर्धामा उत्रेमा नयाँ नेपाल बन्न सक्ने ठोकुवा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण