गरिबीको दर्दनाक कथा : अस्पतालको पैसा तिर्न नसकेर श्रीमान फरार, १२ दिनकी सुत्केरी बच्चा छाडेर पैसा खोज्न माइतीघर
गुल्मी–यो जाडोमा न्यानो कपडा, तातो खाने कुरा खाँदै नवजात शिशुको स्याहारसुसार गर्नुपर्ने यहाँस्थित १२ दिनकी सुत्केरी अस्पतालमा ती नवजात शिशुलाई छाडेर माइती घरतिर सुत्केरी खर्च जुटाउन रुदैँ हिँडेकी छन् । माघ ३ गतेका दिन लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा छोरी जन्माएकी २३ वर्षीया सपना भण्डारी तीन दिनअघि माइती गाउँ गुल्मी आएकी हुन् सुत्केरी खर्च जुटाउन । तीन वर्षअघि दाङको सल्यान गाविसका विकास भण्डारीसँग प्रेम विवाह गरेर तम्घासको माईकास्थानमा डेरा गरी बसेकी गुल्मी पिपलधार–४ की चेली हुन् सपना । ‘अस्पतालमा ३२ हजार बिल पुगेछ । उता होटलमा कति पुग्यो थाहा छैन्,’ उनले भनिन्, ‘पाँच दिनअघि श्रीमान पाल्पा प्रभास अस्पतालबाट पैसा लिन जान्छु भनेर हिँड्नुभयो तर आजसम्म फोन नलाग्ने गराएर बस्नुभएको छ, थाहा छैन उहाँ कहाँ हुनुहुन्छ ?’ ‘बुटवल गएर पैसा लिएर आउँछु भनेको मान्छे उहाँ सम्पर्क विहिन भएपछि त्यस अस्पतालको बेडमा छोरी सिस्टरको जिम्मा लगाई म तम्घास पैसा खोज्न आएकी हुँ । तर, तीन दिन भयो एक पैसा जुटेको छैन्,’ उनले रुँदै आफू विचल्लीमा परेको सुनाइन् । श्रीमानको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा आएकी ती सुत्केरीको मुख सुनिएको थियो र गहभरी आँशु थियो । त्यहाँका प्रहरीहरुलाई करुणा जागेर सहयोगको अपिल जताततै पुर्याईदिन सञ्चारकर्मीसामू भनेका छन् ।’ डेरामा छिमेकी दिदी बहिनीहरुले झोल र भात दिने गरे पनि उनलाई ती नवजात शिशुको चिन्ताले केहि रुचेको छैन् । उनले ती छोरीलाई अस्पतालबाट निकाल्नका लागि सबैसँग सहयोगको अपिल गरेकी छन् । यस्तो बेलामा बेपत्ता भएका श्रीमानलाई उनले धोकेवाज ठानेकी छन् । उनले तम्घासमै बसेर ट्याक्टर चलाउँदा–चलाउँदै उनीसँग प्रेम विवाह गरेको बताइन् ।
(उनीहरुको ती नवजात शिशु पहिलो सन्तान हुन् । सहयोग गर्नु चाहनुहुने महानुभावले उनको मोबाईल नम्बर ९८१७५५८५६० मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ । यदि उनको फोन नलागेमा रातोपाटी कार्यालय वा समाचारदाताको मोवाईल नम्वर ९८५७०६१५३० मा पनि सम्पर्क गर्न सकिनेछ ।)खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण