रातोपाटी समाचार प्रभाव : केही समयमै उठ्यो पीडितलाई हजारौं रकम
गुल्मी–तम्घासको माईकास्थानमा डेरा गरी बसेकी गुल्मी पिपलधार–४ की सपना भण्डारीको अस्पतालको पैसा तिर्न नसकेर उनी पैसाको खोजीमा भौतारिरहेकी छन् । घरको आर्थिक अवस्था कमजोर भएको कारण सुत्केरी भएको पैसा तिर्न नसक्दा उनको श्रीमान नै फरार भएका छन् । उनले आफ्नो काखको १२ दिनको बच्चालाई छोडेर उनी अस्पतालको पैसा तिर्न भनेर अहिले माइतीघर गएकी छन् । केही समय अगाडि ‘गरिबीको दर्दनाक कथा : अस्पतालको पैसा तिर्न नसकेर श्रीमान फरार, १२ दिनकी सुत्केरी बच्चा छाडेर पैसा खोज्न माइतीघर’ भन्ने शीर्षकमा उनको रातोपाटीमा समाचार छापिएको थियो । समाचार छापिएको ३० मिनेट नबत्दिै उनलाई सहयोग गर्नेहरु धेरै निस्किएका छन् ।
सहयोग गर्ने को–को ? बैंककमा रहेका पूर्वयुवराज पारस शाहलाई सहयोग गर्ने सुनील खड्का र क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य रोशन खड्काले उनको अस्पतालको पुरै खर्च व्यहोर्ने जानकारी दिएका छन् । अस्पतालमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने भनेर रोशनले फोनमार्फत जानकारी दिएका हुन् । त्यस्तै काठमाडौं ठमेलमा घर भएका हाल दुबई बस्ने मञ्जिल चित्रकारले २० हजारभन्दा बढि सहयोग गर्ने बताएका छन् । गुल्मी केयर विश्व सञ्जालका अध्यक्ष मान बहादुर कुँवरले उनको उद्दार र बसोबासको लागि सहयोग संकलन अभियान सुरुवात गर्ने र कमल ज्ञवालीले पनि क्यानाडाबाट उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने बताएका छन् । एक हजारदेखि १० हजारसम्म सहयोग गर्ने भनेरले घोषणा गरेका छन् । उनीहरुको नाम क्रमश राख्नेछौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण