युवा स्वरोजगार कार्यक्रममा दुइ करोड लगानी
आइतबार, १७ माघ २०७२, १० : ४३
चितवन - वाणिज्य बैंक गौँडाकोटमा अनुदानसहितको कृषि कर्जा लिने ऋणिको आकर्षण बढेर गएको छ ।
साना किसानले ब्याजमा चार प्रतिशत अनुदान पाउने प्रावधान छ । शाखा प्रवन्धक कुलबहादुर खत्रीका अनुसार शाखाको अधिकारभित्र रहेको रु १५ लाखसम्मको अनुदानसहितको कर्जामा रु दुई करोड लगानी भएको छ । गएको असोज महिनाबाट सो शीर्षकमा कर्जा दिन थालिएकोमा रु १० लाख देखि १५ लाखसम्म छ जना महिलासहित १५ जनाले कर्जा लिएको उनले बताए । सरकारले चार प्रतिशत अनुदान दिए पछि किसानले पाँच प्रतिशत ब्याज तिरेर ऋण पाउँछन् । कुखुरा, बङ्गुर, गाई भैँसी र माछामा ऋण प्रवाह गरेको प्रबन्धक खत्रीले बताउनुभयो । पाँच वर्षे किस्ताबन्दी र कृषि चालु पुँजी दुई तरिकाबाट किसानले ऋण लिएको उनले बताए। ठूलो ऋण माग भएमा माथिल्लो निकायमा पठाइने प्रावधान रहेको छ । हालसम्म त्यस्ता ऋणि भने सम्पर्कमा नआएको उहाँले बताउनुभयो । अनुदानसहितको कृषि कर्जा रु एक करोडसम्मको रहेको छ । यो ऋणमा सेवा शुल्कसमेत लाग्दैन । जानकारीको अभाव र बैंकका कर्मचारीको समन्वयको कमीका कारण किसान अनुदानसहितको कर्जा लिनबाट वञ्चित हुँदै आएका छन् । सरकारले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत दिएको हो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण