शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

छोरी बोकेर भविष्यको खोजीमा

आइतबार, १७ माघ २०७२, १० : ५३
आइतबार, १७ माघ २०७२

जाजरकोट– दैनिक यूवाहरु विदेशको सपना बुन्दै विदेशी भुमिमा जीवनको सुनौला दिनको खोजी गरिहरको वेला यहाँ एक यूवती दुधे वच्चा वोकी भविष्य खोजीरहेकी छन् । रुकुम चौरजहारी नगरपालीका ११ कोटजहारी घर भएकी पुष्पा नेपालीे दैनिक दुधे छोरी पिठ्यौंमै वोकेर फाईवर झोला सिलाई सिप सिकी भविष्य खोजीरहेकी हुन् । उनीसंग सिप सिक्ने धेरै साथी भएता पनि वच्चा वोकेर सिलाई कटाईवाट जीवन जिउने आधार तया गर्ने पुष्पा मात्र हुन् । पुष्पालाई घरेलु तथा साना उद्योग विकास समिति जाजरकोटले सञ्चान गरेको एक महिने फाईवर झोला सिलाई तालिमले जीवन जिउने सिप सिक्ने अवसर जुटाएको हो । कक्षा ९ मा पढ्दा पढ्दै विवाह गरेकी पुष्पा अहिले १९ वर्षकी भईन् । उनको साथमा अहिले एक वर्षकी छोरी सम्झना विक छिन् । उमेरै नपुगी विवाह वन्धनमा वाधिएकी पुष्पा पढाई छोडेर छोरीलाई च्यापेर झोला सिलाउन रहर नभई वाध्यता भएको वताउछिन् । उनका श्रीमान् पनि छालावाट विभिन्न वस्तुहरु निर्माण गरिहेका छन् । पुष्पाले यहाँवाट सिप सिकेर झोला निर्माण गर्ने पसल खोलने अभियानमा जुटेको वताउछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप