शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीको कुटाईबाट चार शिक्षक घाइते

आइतबार, १७ माघ २०७२, ११ : ००
आइतबार, १७ माघ २०७२
जाजरकोट– शनिवार वेलुकी जाजरकोटको नायकवाडामा चार शिक्षक प्रहरीवाट कुटिएका छन् । सहिद दिवस मनाएर सरस्वती मावि नायकवाडावाट फर्कर्ने क्रममा वेलुकी ७ वजे ईलाका प्रहरी कार्यालय नायकवाडाका प्रहरीले सिलीङ्गीचौरमा शिक्षक महेन्द्र सिंह र महेन्द्र वुढा लाई मदिरा सेवन गरी कुटपिट गरेका हुन् । पीडितहरुका अनुसार बिनाकारण मदिरा सेवन गरेका प्रहरीले आफूलाई कुटपीट गरेको गरेको बताएका छन् । यस्तै अन्य दुई शिक्षक विष्णु वुढा र कुवर सिंह चौधरी पनि प्रहरीबाट कुटिएको विरेन्द्र एश्वर्य उच्च माविका प्रचार्य गोरखवहादुर सिंहले जानकारी दिए । प्रहरीको कुटाइबाट उनीहरु सामान्य घाइते भएको बताइएको छ । यता जाजरकोट प्रहरी प्रमूख दानवहादुर मल्लले घटनाको जानकारी आउना साथ आक्रमणमा संलग्न रहेका प्रहरीलाई जिल्लामा झिकाईएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप