को बन्लान् नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर ?
काठमाडौं–रिक्त रहेको नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नरको पदका लागि चार जनाको नाम सिफारिस गरिएको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले शुक्रबार डेपुटी गभर्नर नियुक्त गर्न कार्यकारी निर्देशकहरू चिन्तामणि शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पंगेनी र शिवनाथ पाण्डेको नाम सरकारसमक्ष सिफारिस गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १६ अनुसार डेपुटी गभर्नरमा रिक्त दरबन्दीको दोब्बर संख्यामा वरिष्ठता र कार्यक्षमताका आधारमा गभर्नरले सिफारिस गर्ने र मन्त्रिपरिषद्ले सिफारिस गरिएकामध्येबाट नियुक्त गर्ने व्यवस्था भएअनुसार सरकारले सिफारिस गरिएकामध्येबाट दुइ डेपुटी गभर्नर नियुक्त गर्नेछ । को को होलान् त नियुक्त ? गभर्नरले सिफारिस गरिसकेको अवस्थामा, अव नेपाल राष्ट्रबैंकको गभर्नर पदमा कोको नियुक्त हुन्छ भन्ने चर्चा यतिबेला नेपाली आर्थिक क्षेत्रमा ’टक अफ दि टाउन’ भएको छ । प्रधानमन्त्री र अर्थमन्त्री दुवै एमाले भएका बेला सकेसम्म दुबै डेपुटी गभर्नर एमालेकै हुनुपर्ने आन्तरिक लविङ भइरहेको स्रोतले रातोपाटीलाइ बतायो । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत चिन्तामणि शिवाकोटीलाई नियुक्ति दिन दवाव दिईरहेका छन् । चिन्तामणि सिवाकोटीलाई नियुक्ति दिन प्रधानमन्त्रीले दवाव दिएकाले उनलाई नियुक्ति दिइने निश्चित प्राय छ । यता गभर्नर नेपालले शिवनाथ पाण्डेलाई डेपुटी बनाउन लविंङ गरिरहेको स्रोतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण