‘एटिएम’ मा म्यूजिक....
काठमाडौं–उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ छिरेदेखि घरबाट बाबाले राखेको पैसा एटिएमबाटै निकालेर काम चलाउने गरेकी उदयपुर गाईघाटकी करिश्मा बस्नेत बैंकमा राखेको पैसा टिकाल्ने एटिएमको बारेमा एकदम जानकार छिन् । तर शनिबार भृकृटिमण्डपमा चलेको मेलामा ‘एटिएम’ बाट गीत पनि सारेको देख्दा भने उनी छक्क परीन् । ‘मेसिन एटिएम नै हो, तर पैसाको साटो गीत निकालेको पो देखेँ’ बस्नेतले अचम्म मान्दै भनिन् ‘गीत कपि गर्नका लागि पनि एटिएम पो आएछ ।’ शुक्रबारदेखि भृकृटिमण्डमा चलेको क्यान ईन्फोटेक मेलामा पैसाको साटो गीत निकाल्ने एटिएम देखेर करीश्मा जस्ता सयौँ जना छक्क परे । म्यूजिक नेपालले नेपालमा गीत संगीत पाईरेसी रोक्न र ग्राहले सजिलै आफ्नो ईच्छा अनुसारको गीत संगीतल रोजेर कपि गर्नका लागि ल्याएको नयाँ प्रविधी हो एटिएम । मेलाको उद्घाटनको क्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले पनि अचम्म मानेर यो प्रविधीको जानकारी लिएका थिए । ‘एनी टाईम म्यूजिक’ को छोटो रुप ‘एटिएम’ बैंकको पैसा निकाल्ने एटिएम जस्तै छ । ‘तर काम गर्ने प्रकृया भने अलि फरक छ’ म्यूजिक नेपालका बजार मार्केटिङ्ग म्यानेजर विक्की थापाले भने ‘यसमा सिँधै पैसा राखेर र बारकोड प्रयोग गरेर गीत किन्न सकिन्छ ।’ नयाँ पुराना गरी एटिएममा अहिले ८ हजार बढी गीत उपलब्ध छन् । नेपालमा पहिलोपटक केहीमहिना अघि यो प्रविधी ल्याएको म्यूजिक नेपाललले मेलामा प्रवद्र्धनका लागि एटिएम राखेको जनाएको छ । ‘दुई अढाईमहिनादेखि देशका विभीन्न स्थानमा कारोबारका लागि प्रवद्र्धन गर्ने योजना छ ’ थापाले भने । ५ रुपैयाँमा एउटा अडियो र १० रुपैयाँमा म्यूजिक भिडीयो किन्न सकिने यो अबैध गीत संगीत कपि गर्ने पाइरेसी प्रबृत्तिको अन्त्य गर्न ठूलो सहयोग पुग्ने कम्पनीको दावी छ । ‘यसबाट डाउनलोड गरेको गीत अन्यत्र कपि गर्न सकिँदैन’ एटिएम प्राविधीक सुरज श्रेष्ठले भने ‘त्यसैले यसबाट कलाकारलाई अबैध गीत कपि गरेर दिक्क बनाउने समस्याबाट मुक्त हुन्छ । ’ एटिएम दुई प्रकारको छ । एउटा सिधै नगद राखेर गीत कपि गर्न मिल्ने अर्को बारकोट प्र्रयोग गरेर । बारकोड वा पैसा बाट चलाउने एटिएममा प्रयोगगकर्ताले शुरुमा गीत स्क्रिनमा देखिएको फाईलका समूह रोज्नेछन् । त्यसपछि मन परेको गीत लाई एट टु कण्ट्याक्ट मा क्लिक गरेर १० सेकेण्ट सुन्न सक्छन् । आफूलाई मन परेको गीत यसै अनुसार रोज्दै जाने र बारकोड नम्बर थिचेर वा पैसा राखेर मोवाईल, मेमोरीकार्ड वा पेनड्राईभमा कपि गर्न सकिन्छ । मेलाको अवसरमा भने छुट सुविधा प्रयोग गरी १० रुपैयाँमा ४ वटा अडियो डाउनलोड गर्ने व्यवस्था गरेको म्यूजिक नेपालले जनाएको छ । गीत डाउनलोड बापत लिएको शुल्क उत्पादक, सर्जक, म्यूजिक नेपाल र विक्रेताले बाँडेर लिन सक्ने व्यवस्था मिलाईएको छ भने सरकारी निकाय र रोयल्टी सम्बन्धि काम गर्ने संगीतकर्मीहरुको संस्थाले के कति कारोबार भयो भनेर अनुगमन गर्न सक्ने थापाले बताए । यो मेसिन लिनका लागि अधिकृत विक्रेताले २ लाख रुपैयाँ धरौटी बुझाउनुपर्छ । यति कारोबार बन्द गर्न पाएमा २ लाख धरौटी सहित व्याज पनि फिर्ता पाउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण