शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाल प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो (विज्ञापनसहित)

आइतबार, १७ माघ २०७२, १२ : १२
आइतबार, १७ माघ २०७२
काठमाडौं – नेपाल प्रहरीमा रिक्त रहेको जनपद तर्फको प्रहरी जवान पदका लागि नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले आइतबार एक विज्ञापन आह्वान गरेको छ । विज्ञापनअनुसार खुल्ला प्रतियोगिताअनुसार ५४४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । जसअनुसार अमर–अशक्त प्रहरी परिवार तर्फ १०९ जना, खुल्ला तर्फ २ हजार ९ सय ३४ जना र आदिवासी जनजातितर्फ ७६८ जना, मधेसी तर्फ ६७२, महिला ४८०, दलित ३६० र पिछडिएको क्षेत्रतर्फ १२१ जनाका लागि जनाका लागि दरखास्त आह्वान गरिएको छ । जवान पदमा दरखास्त दिन इच्छुक उम्मेद्वारले कम्तिमा ८ कक्षा पास भएको हुनुपर्ने छ भने १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्ने छ । यस्तै माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट दरखास्त फारम वितरण हुनेछ । यसैगरी पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुबाट पनि दरखास्त फाराम वितरण हुनेछ । दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्ने विज्ञापनमा उल्लेख छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रहरी जवान (जनपद) पदको लागि दरखास्त फाराम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप