नेपाली काँग्रेस १३औँ महाधिवेशन : कुन जिल्लामा कसले जिते ?
आइतबार, १७ माघ २०७२, १२ : ३९
बैतडी - नेपाली काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत दशरथचन्द नगरपालिकामा लालबहादुर चन्द सभापतिमा विजयी भएका छन् ।
यस्तै सचिवमा चूडामणि लेखक र कोषाध्यक्षमा राजेन्द्र जोशी निर्विरोध निर्वाचित भएका छन् । अन्य सदस्य पनि निर्विरोध निर्वाचित भएको बताइएको छ । यस्तै पाटन नगरपालिकामा सिद्धराज भट्ट नगर सभापतिमा र राजेन्द्रसिंह विष्ट सचिवमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै दलितबाट खेमराज लुहार, कालु पहरी र शङ्करराम दमाईं क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् । खोटाङ नगर सभापतिमा घिमिरे खोटाङ–काँग्रेस दिक्तेल नगर सभापतिमा दुर्गाप्रसाद घिमिरे निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न नगरपालिकाको निर्वाचनमा राजन सैँजूलाई पछि पार्दै घिमिरे सभापतिमा निर्वाचित भएका हुन् । बेनी नगर समिति सभापतिमा श्रेष्ठ काँग्रेस बेनी नगरपालिकाको प्रथम नगर अधिवेशनबाट अनोद श्रेष्ठ सभापतिमा चयन भएका छन् । शनिबार बेनीमा सम्पन्न अधिवेशनमा सभापतिका अर्का प्रत्यासी रमेशकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी समितिका सचिवमा हरिप्रसाद पौडेल र कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित हुुनुभएको काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । समितिका सदस्यमा यामबहादुर बानियाँ, पुण्यबहादुर चोखाल, विमला खत्री, लालबहादुर थापा, दाउद खान, उमा शर्मा रिजाल, बद्रीप्रसाद पौडेल र बागवीर दर्जी चयन भएका छन् । इटहरीमा पौडेल काँग्रेस इटहरीमा हेमकर्ण पौडेल पुनः दोस्रो कार्यकालका लागि विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना परिणामानुसार पौडेलले विकास केसीलाई ५१० मतको अन्तरले पराजित गरेका थिए । यसैगरी नगर सचिवमा प्रकाश बस्नेत र कोषाध्यक्षमा तीर्थ अधिकारी निर्विरोध निर्वाचित भए । उता धरान उपमहानगरपालिकामा तिलक राईले किशोर राईलाई ७७१ मतले हराएका छन् । यसैगरी सचिवमा श्याम पोखरेल र कोषाध्यक्षमा सुवर्ण श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी सदरमुकाम इनरुवामा रहेको नगर समितिको निर्वाचनबाट राजन मेहता सभापतिमा निर्वाचित भएका छन् । यसैगरी सचिवमा रोशनकुमार खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दुहवीभलुवा नगरपालिकाबाट गुलाबी मियाँ सभापतिमा र सचिवमा सन्तोष रौनियार तथा रामधुनी भासी नगरपालिकाबाट सभापतिमा सुदीप अधिकारी र सचिवमा दिलबहादुर राई निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसैगरी इटहरी उपमहानगरपालिका क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा दिलकुमारी राई केशव भट्टराई, हरि थापा, दिलकुमार वन, दिनेशचन्द्र गिरी, याम प्रधान, गोविन्द घिमिरे, केशव सिटौला, विष्णुबहादुर डाँगी लगायत निर्वाचित भएका छन् । इलामबाट होमबहादुर बस्नेतनेपाली काँग्रेस इलाम नगर अधिवेशनबाट सभापतिमा होमबहादुर बस्नेतसहित १५ पदाधिकारी निर्वाचित भएका छन् । नगर समितिका सचिवमा विमल खड्गी, कोषाध्यक्षमा डिल्लीराम खनाल तथा सदस्यमा आदिवासी जनजातिबाट दलमान तामाङ, देउमान लिम्बू र विनोद गुरुङ, दलितमा धनमान बराइली, प्रेमकुमार दियाली र किशोर चाहार (पन्नाकाजी) एवं पिछडिएका क्षेत्रबाट किशोरकुमार कार्की, रतनकुमार चौधरी र ओमप्रकाश वाल्मीकि चयन भएका छन् ।
त्रिचालीस गाविस र तीन नगरपालिका रहेको इलाममा अन्य क्षेत्रको परिणाम आउन अझै बाँकी रहेको जनाइएको छ । नवलपरासी सात नगरपालिका रहेको नवलपरासीमा गैँडाकोटबाट तारापति खरेल, देवचुलीबाट पूर्णकुमार श्रेष्ठ, कावासोतीबाट मुकुन्द भट्टराई, मध्यविन्दुबाट दुमन भण्डारी, बर्दघाटबाट शम्भुलाल श्रेष्ठ, सुनवलबाट सोमबहादुर रायमाझी (पप्पु) र रामग्राम नगरपालिकाबाट नारायण रेग्मी सभापतिमा निर्वाचित भएका छन् । यही माघ २२ गते क्षेत्र र माघ २५ गते जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनमा झन्डै एक हजार ५० प्रतिनिधि सहभागी हुने छन् । सभापतिका उम्मेदवारमा महेन्द्रध्वज जिसी र देवेन्द्रराज कँडेल उम्मेदवार हुनु हुनेछ । कँडेल वर्तमान सभापति पनि हुनुहुन्छखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण