शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नाकामा मोर्चाको धर्ना औचित्यहीन, जनसमर्थन घट्यो

आइतबार, १७ माघ २०७२, १२ : ४३
आइतबार, १७ माघ २०७२
वीरगन्ज– मधेसमा जारी आन्दोलनमा जनसहभागिता घटेसँगै वीरगन्जको जनजीवन सहज बन्दै गएको छ । यद्यपी थोरै संख्याका आन्दोलनकारीले मितेरी पुलमा जारी राखेको धर्नाको कारण वीरगंज भंसारबाट आयात निर्यात सहज हुन सकेको छैन । जसले गर्दा देशभर इन्धनलगायतका अत्यावस्यक बस्तुको अभाव कायमै छ । पाँच महिना भन्दा बढी समय देखि जारी रहेको मधेश आन्दोलनमा अहिले जनसमर्थन घटेर सीमानाकामा धर्ना दिनेको संख्या ४÷५ जनामा सिमित भएपनि अवरोध कायमै रहेकाले आयत निर्यात सहज हुन नसकेको वीरगन्ज भन्सारले बताएको छ । पछिलो दिनमा रक्सौल कस्टकले प्रकृया पु¥याइ नेपालका लागि माल बस्तु छाडन थालेपछि नाकामा जारी धर्नाको औचित्य समाप्त भएको वीरगन्जका उद्योगपति, व्यपारी तथा सर्वसाधारले बताएका छन् । मितेरीपुलमा धर्ना जारी भएपनि रिक्सा, टांगा, ठेला, टेम्पु तथाभरियाबाट ढुवानी गरी मुख्य नाकाबाटै माल बस्तु वीरगन्ज भन्सारमा भित्रीन थालेका छन् । मितेरीपुलमा जारी धर्नाका कारण वीरगन्ज पथलैया स्थित नेपालकै सबैभन्दा ठुलो औद्योगिक कोरिडोर धरासाही हुने अवस्थामा पुगेको वीरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओम प्रकास शर्माले बताए । नाकामा जारी धर्नाले कालो बजारी मात्र बढाएकाले अब आन्दोलनको स्वरुपलाई परिवर्तन गरी देश र जनतालाई मधेसवादी दलले निकास दिनु पर्ने उपाध्यक्ष शर्माको भनाई रहेको छ । अन्य सबै नाका सहज रुपमा संचालनमा आएपनि वीरगन्ज नाकालाई अवरुद्ध गर्नुको सट्टा नाका खोली राज्य संग वार्ता र सहमतिको आधारमा निकास दिनु नै सबैको हितमा रहेको उनले बताए । वीरगन्ज रक्सौल नाकाबाट हाल काठमाण्डौ लागायत देशका विभिन्न स्थानकालागि टाटा सुमो देखी बस नै संचालन भएपछि दुई चार जना मात्र धर्ना बसी नाका अवरुद्ध गरी सबैलाई दुःख दिनु कसैको हितमा नभएकाले आन्दोलनको स्वरुपव परिवर्त गर्नु पर्ने सर्वसाधारणले मधेशी नेतालाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप