कोल्डप्लेको भिडियो खेल्दा सोनमको आलोचना
मुम्बाई – रक ब्याण्ड कोल्डप्लेको नयाँ भिडियो ‘ह्याम फर दि विकेन्ड’ खेलेपछि बलिउड नायिका सोनम कपुर चर्चामा छिन् । भिडियोमा केवल पाँच सेकेण्डका लागि देखिएकी सोनमको यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना तथा खिल्ली उडाइँदैछ । यति छोटो समयका लागि भिडियोमा देखिएको भन्दै उनको खिल्ली उडाइएको हो । ‘अ हेड फुल अफ ड्रिम्स’ नामक एल्बममा समावेश उक्त गीतमा सोनम देखिने भन्ने बारेमा धेरै अघिदेखि नै चर्चा चलेको थियो । भारतको ए लिस्ट नायिका भएका कारण भिडियोमा उनको राम्रो रोल हुने धेरैले अपेक्षा गरेका थिए । तर, भिडियो रिलिज हुँदा उनी त्यसमा मात्र पाँच सेकेण्डका लागि देखिइन् । गीतको अन्त्यतिर उनको केवल ३ सट रहेको छ । ४ मिनेट २० सेकेण्ड लामो उक्त भिडियोमा सोनम ३ः३६ मिनेट देखि ३ः४६ मिनेटसम्म तीन सटमा देखिन्छिन् । गीतमा चर्चित गायिका बियोन्से पनि रहेकी छिन् । पूरै गीत भरी बियोन्से देखाइएको छ तर सोनमलाई भने साइड आर्टिस्टभन्दा पनि कम महत्व दिइएको छ । गीतको भिडियोमा भारतको संस्कृति देखाइएको छ । तर, भिडियोमा भारतको संस्कृतिभन्दा बढी गरिबी देखाइएको भन्दै भिडियोको आलोचना शुरु भएको छ । भिडियोमा ब्याण्डका फ्रन्टम्यान क्रिस मार्टिन सुकुम्बासी बस्तीका बालबालिकाहरुसँग होली खेलिरहेका देखिन्छन् । धेरैले यस भिडियोलाई ओस्कर विजेता चलचित्र ‘स्लमडग मिलियेनियर’ सँग तुलना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण