पाठ्यक्रममा चाहियो महिनावारी शिक्षा
ललितपुर– महिलाको प्रजनन स्वास्थ्य प्रणालीअन्तर्गत प्रत्येक महिलाहरूमा मासिक रुपमा हुने रजस्वला(महिनावारी) विषयलाई पाठ्यक्रममा नसमेटिँदा महिनावारी सरसफाइबारे उचित चेतना तथा सूचनाको अभाव भएको सरोकारवालाहरूले निष्कर्ष निकालेका छन् । विद्यालयमा छात्राहरूको लागि महिनावारी शिक्षासम्बन्धी ललितपुरमा भएको कार्यशाला गोष्ठीमा सहभागी शिक्षक, शिक्षिका, शिक्षाकर्मी, विद्यार्थी तथा विभिन्न गैरसरकारी संस्थाहरूका प्रतिनीधिहरूले उक्त निष्कर्ष निकाल्दै महिनावारी शिक्षालाई पाठ्यक्रममा समेटेर समस्या समाधान गर्न सकिने पनि सुझाएका छन् । कार्यक्रममा महिनावारी शिक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै ललितपुरको बुङ्गमतिस्थित आदर्श सोल उमाविका स्वास्थ्य शिक्षक टंकप्रसाद गौतम र पुल्चोकको मदनस्मारक उमाविका शिक्षिका मञ्जुश्री प्रधानले महिनावारी विषयलाई पाठ्यक्रममा नसमेटिएकै कारण महिनावारीबारेमा छात्राहरूमा समेत भ्रम रहेको उल्लेख गरेका थिए । महिनावारी भएको समयमा छात्राहरू विद्यालय नआउने कारण छात्राहरूको पढाइमा असर पुगेको बताउँदै शिक्षकशिक्षिकाहरूले पाठ्यक्रममा अनिवार्य रपमा समेटिनुुपर्ने माग गरेका थिए । उनीहरूले महिनावारी विषयलाई नसमेटेको कारण महिनावारीसम्बन्धी शिक्षक र छात्राहरूबीच खुलेर कुरा गर्न नसक्दा छात्राहरूले बीचैमा पढाइसमेत छाड्ने गरेको बताएका थिए । छात्रा शिक्षालाई प्रवद्र्धन गर्नका लागि काठमाडौं उपत्यकाका ४५ वटा सामुदायिक विद्यालयहरूका ५ हजार छात्राहरूको लागि महिनावारी शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको वियोन्ड नेपालले आइतबार गरेको कार्यक्रममा शिक्षासम्बद्ध व्यक्तिहरूले महिनावारी शिक्षालाई पाठ््यक्रममा समेटेको खण्डमा महिला सशक्तिकरण र लैङ्गिक समानताका लागि सहायक सिद्ध हुनेमा पनि जोड दिएका थिए । कार्यशालामा सहजीकरण गर्दै कोइकाका सामाजिक अनुसन्धानकर्ता सङ मी झङले महिनावारीसम्बन्धी पश्चिम नेपालमा मात्र नभएर उपत्यकामै पनि विभिन्न खालका मिथ्या भ्रम रहेको जानकारी दिइन् । उनले महिला शिक्षाको विकासको लागि महिनावारीबारे समाजमा ब्याप्त अन्धविश्वासलाई न्यूनीकरण गर्नुपर्नैमा जोड दिँदै बजारमा छ्याप्छ्याप्ती पाइने नेप्किनले समग्र वातावरणीय स्वास्थ्यलाई प्रभाव पारिरहेकोमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरिन् । सोही अवसरमा जिल्ला शिक्षा कार्यालय ललितपुरका सहायक जिशिअ कृष्ण कुवँरले महिनावारीसम्बन्धी समाजमा विद्यमान संकोचलाई हटाउनका लागि पनि पाठयक्रममै समेट्न जरुरी रहेको आवश्यकता औंल्याए । सहायक जिशिअ कुँवरले शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नमात्र नभएर किशोरीहरूमा महिनावारी हुँदा हुने मानसिक सन्त्रासलाई कम गर्नका लागि पनि पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । कार्यशालामा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य अधिकृत केदारराज पराजुलीले अहिलेसम्मको पाठ्यक्रममा स्वास्थ्य विषयलाई हलुका रुपमा मात्र लिइएकोप्रति चिन्ता व्यक्त गरे । उनले कक्षा ५ देखि नै महिनावारी विषयलाई पाठ्यक्रममा समेट्दा समग्र्र महिलाहरूको जीवनलाई सहयोग पुग्ने धारणा राख्दै महिनावारीबारे अन्योल चिर्न पाठ्यक्रमले सहयोग पु¥याउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण