ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो
काठमाडौँ–तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ ।
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले आगामी फागुन ४ गते (फ्रेबुअरी १६) सम्ममा भारतबाट ८० मेगावाट विद्युत् आयात गर्ने विषयमा सहमति गरेकाले सो समयअगावै काम सम्पन्न गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ ।
निर्माणस्थलमा युद्धस्तरमा काम जारी रहेको भन्दै आयोजनाले चिसो र तराई मधेसको राजनीतिक समस्याका कारण एकाध दिन तल माथि भएपनि केही दिनभित्रै निर्माण सम्पन्न हुने उल्लेख गरेको छ । पावर ट्रान्समिसन कम्पनीले नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले गरेको निर्णय एवम् राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर युद्धस्तरमा निर्माण जारी रहेको बताएको छ । यसअघि कम्पनीले सो प्रसारण लाइनको काम आज सम्पन्न हुने जनाएको थियो ।
कम्पनीका कम्पनी सचिव जनकप्रसाद दाहालले आगामी फागुन ४ गते अगावै निर्माण सम्पन्न हुने र १३२ केभी क्षमतामा ८० मेगावाट विद्युत् चार्ज गरिने बताए। “हामी युद्धस्तरमा काम गरिरहेका छौँ । कुनै असामान्य घटना भएन भने मुलुकभित्र एकाध दिनभित्रै थप विद्युत् आयात हुनेछ” – सचिव दाहालले भने ।
तत्काल सो प्रसारण लाइनबाट ९० मेगावाट विद्युत् आयात गर्ने भनिए पनि ढल्केबरमा सवस्टेसनको क्षमता कम भएका कारण तोकिएको क्षमताअनुसार विद्युत् आयात गर्न नसकिने भएको हो । भारतीय पक्षले तोकिएकै क्षमताअनुसारको विद्युत् उपलब्ध गराउने बताए पनि सवस्टेसनका कारण समस्या भएको सचिव दाहालको भनाइ छ ।
उहाँले केही स्थानमा तार तान्ने काम भएको र सञ्चार उपकरण राख्ने ओपिडिडब्ल्यू तार तान्न बाँकी रहेको राससलाई जानकारी दिए । विद्युत् आयातका सम्बन्धमा यही माघ २० गते भारतीय पक्षसँग छलफल आयोजना गरिएको उनको भनाइ छ ।
प्राधिकरणले विद्युत् आयात गर्ने पूर्व सहमतिअनुसार नै ढल्केबरमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरेको छ । उक्त क्षमताको ट्रान्सफर्मरबाट ९० मेगावाट आयात गर्न सकिन्छ । भारतीय पक्षले अर्को ट्रान्सफर्मर व्यवस्था गरेर थप ९० मेगावाट विद्युत् उपलब्ध गराउने जानकारी गराएको भए पनि सवस्टेसनको क्षमता कम हुँदा समस्या पर्ने देखिएको छ ।
भारतले नेपाललाई आगामी डेढ वर्षभित्र ३०० मेगावाट विद्युत् उपलब्ध गराउने बचन दिएको छ । तर सवस्टेसनको क्षमता कम हुँदा जटिलता उत्पन्न भएको हो । कुल ४४० केभी क्षमताको प्रसारण लाइन निर्माण भइरहेको भए पनि नेपाल प्रवेश गर्ने मार्ग नै साँघुरो र कम क्षमताको भएका कारण समस्या भएको छ ।
ढल्केबरमा कम्तीमा पनि २२० केभी क्षमताको विद्युत् प्रवाह धान्ने सवस्टेसनको जरुरत पर्दथ्यो । प्राधिकरणले सवस्टेसनको क्षमता वृद्धिको योजना राखे पनि हालसम्म अगाडि बढ्न सकेको छैन । प्रसारण लाइन सम्पन्न भएपछि तत्काल १३२ केभीमा विद्युत् प्रवाह गराएर प्रसारण लाइनको क्षमता परीक्षण गरिनेछ । सो प्रसारण लाइनबाट एक हजार २०० मेगावाट विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ । चार सय केभी क्षमताको सो अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड ९पिटिसिएन०ले गरेको हो ।
कुल १२९ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण करिब १५ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । त्यसमा ३५४ टावर निर्माण भएका छन् । नेपालतर्फ रु एक अर्ब ५० करोड लागतमा ४१ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भए पनि आन्दोलनका कारण केही लागत बढेको बताइएको छ । नेपालतर्फ करिब ११५ टावर निर्माण सम्पन्न भइसकेको छ ।
प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा वर्षायाममा ७८५ मेगावाट विद्युत् प्रवाह हुने गरेको भए पनि अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा ३१० मेगावाट मात्रै उपलब्ध हुने गरेको छ । भारतबाट हाल २३५ मेगावाट विद्युत् आयत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण