टर्कीको आकासको सम्मान गर्न रसियालाई नेटोको चेतावनी
ब्रसेल्स– नेटोले रसियालाई आफ्नो हवाई अनुशासनको पालना गर्न र टर्कीको आकासको सम्मान गर्न चेतावनी दिएको छ । रसियाली सुरक्षा अधिकारीहरुले पछिल्लो समयमा विना अनुमति टर्कीको आकासमा आफ्ना विमान उडाउने गरेको आरोप लाग्ने गरेको छ । हवाई अनुशासनको पालना गर्न नेटोले रसियालाई चेतावनी दिएको जनाइएको छ । नेटोका महासचिव जेन्स स्टल्ट्बर्गले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा भनेका छन्– टर्कीको बारम्बारको आग्रहको बेवास्ता गर्दै रसियाले टर्कीको आकासमा शनिबार युद्धक बिमान उडाएको छ । उहाँले सो विज्ञप्तिमा भनेका छन्– बिगतमा पनि रसियाले यस्तै व्यवहार गर्दै टर्कीको आकासमा बिमान उडाएको छ र अफ्नो हवाई नियमको उल्लङ्घन गरेको छ । विगतमा पनि टर्कीको आकासमा उडाएको भनिएको रसियाली विमानलाई टर्कीले खसालिदिएको थियो । सिरियामा हमला गर्ने निहूँमा सो क्षेत्रमा जाने गरेका रसियाली विमानहरुले टर्की प्रवेश गर्ने गरेको टर्कीको भनाई छ । महासचिव स्टल्टबर्गले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन तथा अङ्कारा र मस्कोलाई सिधा सम्पर्क गरी फोनवार्ता गर्न पनि आग्रह गर्नुभएको बताइएको छ । टर्कीको विदेशमन्त्रालयले शनिबार टर्कीका लागि रसियाली राजदूतालाई बोलाएर यस विषयमा स्पष्टीकरण समेत लिएको थियो । सिरियामा आइएसको उपस्थिति देखिएको भन्दै उनीहरुको कारबाहीका लागि रसिया र अमेरिकी विमानले सिरियामा हवाई हमला गर्न थालेपछि रसियाली विमान टर्कीतर्फ पनि प्रवेश गर्न थालेका छन् । यस घटनाको विरोध गर्र्दै आफ्नो सदस्य राष्ट्र रहेको टर्कीको पक्षबाट नेटोले बारम्बार रसियालाई चेतावनी दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण