अफगानिस्तानमा ४४ तालिवान मारिए
काबुल–अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सुरक्षा निकायले गरेको तालिवान विरुद्धको कारबाहीका क्रममा कम्तीमा पनि ४४ जना तालिवान मारिएको छ ।
अफगान सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायले शनिबार बिहानैदेखि सो कारबाही सुरु गरेको थियो ।
अफगानिस्तानको रक्षामन्त्रालयले जनाएअनुसार यसरी जारी राखिएको कारबाहीका क्रममा ४४ जना तालिवान मारिएका छन् भने अरु करिब २७ जना घाइते पनि भएका छन् ।
कान्दाहार प्रान्तको वारदाक जिल्लामा गरिएको व्यापक खोजी अभियानमा ती हतियारधारी लडाकू मारिएको जनाइएको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार कान्दाहार प्रान्तमा तालिवानको बाक्लो उपस्थितिका कारण सेनाले व्यापक मात्रामा खोजी अभियान चलाएको छ ।
त्यस क्रममा सुरक्षा निकायले ठूलो मात्रामा हतियार कब्जा गर्नुको साथै कैयौँ विस्फोटक पदार्थ पनि बरामद गरेको जनाएको छ ।
अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किएपछि त्यहीँकै सुरक्षा निकायले व्यापक मात्रामा कारबाही गर्ने गरेका छन् । तर पछिल्लो समयमा तालिवानले पनि हिंसात्मक क्रियाकलापहरु बढाउदै लगेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण