कुवेतमा एक नेपाली सुतेकै ठाउमा मृत भेटिए
आइतबार, १७ माघ २०७२, १८ : ३९
कुवेत–कास्की जिल्ला लेखनाथ नगरपालिका भण्डार ढिकका इमान बहादुर तामाङको हिजो कुवेतमा असामयिक निधन भएको छ । कुवेतको अल्घानिम सेक्युरिटी कम्पनीमा २००६ देखि कार्यरत अन्दाजी ४६ वर्षीय इमान बहादुर तामाङको सुतिरहेको ठाउँमा हिजो ४ बजे मृत्यु भएको हो । गत बिहीवार बेलुकी कार्यस्थलमै बिरामी परेका तामाङ उपचारका लागि अस्पताल भर्ना भएका थिए । उपचार पश्चात स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालले शुक्रबार बिहान डिस्चार्ज गरेको थियो । स्वास्थ्यमा केही सुधार देखिएका उनी खाना खाई सुतेका थिए । बिहान ९ बजेतिर सुतेका उनी बेलुका ४ बजे ओछ्यानमा मृत अवस्थामा भेटिएको सोहि कम्पनीमा कार्यरत तथा माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबका अध्यक्ष जिनेत थिङले जानकारी दिएका छन् । इमानको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण