शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नाका नखुली प्रधानमन्त्री भारत भ्रमणमा जाँदैनन्, गएपनि अर्थ छैनः ज्ञवाली

सोमबार, १८ माघ २०७२, १६ : ३७
सोमबार, १८ माघ २०७२

काठमाडौ – नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले नाका नखुली प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्नुको कुनै अर्थ नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा उनले भने,‘ नाक नखुली प्रधानमन्त्री भारत भ्रमणमा जानु हुन्न, गएर पनि त्यसको कुनै अर्थ छैन । अविश्वास र नाकाबन्दी नहटी भारत जानु उपयूक्त हुँदैन ।’ यद्यपि उनले भारतले नेपाललाई बुझ्न गरेको गल्ती भएको स्विकार गरिसकेकोले प्रधानमन्त्रीको भारत भ्रमण अघि नै नाका खुल्ने विश्वास ब्यक्त गरे । ज्ञावलीले भारतले नेपालको सँगको यो लडाईबाट केही जित्न नसक्ने दावी गर्दै भुटान र म्यान्मार जस्ता निरकुंश मुलुकसँग सम्बन्ध राख्ने भारतले नेपालमा लोकतान्त्रिक संविधान जारी गर्दा नाकाबन्दी लगाउने जस्तो दोहोरो मापदण्ड अब धेरै दिन नचल्ने दावी गरे । उनले भने,‘ आफ्नो आगन वरिपरि आगो बालेर भारतको हित हुँदैन । भारतका नीति निर्माताहरु यो महसुस गरेर सम्बन्ध सुधार्न लागि परेका छन । हामी नेपालको हित चाहन्छौ । कसैको अहित गर्दैनौ । नेपालले आफ्नो हितको लागि काम गर्दा कसैले टाउको दुखाउनु पर्दैन ।’ ज्ञावलीले प्रधानमन्त्रीले भारतको भ्रमणपछि चीनको भ्रमण गर्ने जानकारी दिदै चीन भ्रमणको बेला पेट्रोलियम पदार्थ खरिद सम्झौता, विप्पा, स्वतन्त्र ब्यापार र पारवहन सन्धीसहित केरुङसँग आउने रेलमार्गलाई काठमाडौ हुँदै पोखरा पुर्याउन र नेपालको जलविद्युतमा खुलेर सहयोग गर्न आग्रह गरिने बताए । उनले बार्ताबाट मधेस समस्या समाधान, कुटनीतिबाट भारतसँगको सम्बन्ध सामान्य बनाउने र अनुकुल परिस्थिति बनाएर पुनर्निमाण र आर्थिक विकास गर्ने सरकारको लक्ष्य भएको भन्दै अब विखण्डनकारीलाई मधेसमा खेल्न दिनु कसैको पनि हितमा नहुने तर्क गरे । ज्ञावलीले भने,‘ अझै आन्दोलन जारी राख्ने कि जनता विरोधमा उत्रन्छन कि अतिबादीलाई ठाँउ दिने कुरा हुन्छ । दुबै मोर्चाको हितमा छैन ।’ संघीयता एकै पटक कतै पनि समृद्ध नहुने बरु प्रयोगकै क्रममा समृद्ध हुदै जाने भन्दै यसलाई नमान्नु उचित नहुने तर्क उनले गरे । ज्ञावलीले तराईमा पहाड जोडन नहेन कुराले मुलुकलाई गरिबी तिर लैजाने भन्दै पहाड र तराईको आर्थिक सम्बन्ध बुझेर संघीयतालाई अघि बढाउनुृ पर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप