प्रधानमन्त्रीलाई कर्णले भने, ‘भारत जानुस् भारतीय नेताहरुको दर्शन गरेर आउनुस्’
काठमाडौं–सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सिके राउतको मुलुक विखण्डन गर्ने दिवा स्पप्न कुनै पनि हालतमा पुरा नहुने दावी गर्दै आफूहरु विखण्डनको पक्षमा नरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘ सिके राउ र हामीमा फरक छ । हामी विखण्डनको पक्षमा छैनौ ।’ कर्णले सरकारको अलोकतान्त्रिक चरित्रका कारण आफूहरु मधेसमा जारी आन्दोलन लामो समयसम्म जाने निष्कर्समा पुगेको भन्दै अब लामो समयसम्म चल्ने आन्दोलनलाई कसरी ब्यवस्थापन गर्ने भन्ने छलफलमा आफूहरु रहेको बताए । उनले भने,‘ भोली वा पर्सिसम्ममा मधेसी मोर्चाको बैठक बसेर नयाँ कार्यक्रम घोषणा हुन्छ । सबै नाका रोक्ने वा नाका छाडेर बाटोमा जाने वा बाटो छाडेर गाँउ छिर्ने भन्ने विकल्पमा छलफल हुन्छ ।’ कर्णले मधेसमा आन्दोलनरत विभिन्न समूहलाई समेटेर महागठबन्धन निर्माण गर्ने विषयमा लछफल भईरहेको भन्दै आगामि मोर्चाको बैठकबाट त्यसको स्वरुप तय हुने दावी गरे । उनले सरकार नै तस्कार र कालाबजारीले चलाईरहेको आरोप लगाउँदै नाका खुले पनि ६ महिनासम्म आपूर्ति सहज नहुने दावी गरे ।
बार्ता निष्कर्समा पुग्न लाग्दा सरकारले दमन गर्ने गरेकोले सरकारनै बार्ता सहमतिमा टु«गियोस भन्ने पक्षमा नरहेको आरोप लगाउँदै सरकार बार्ता गरेर दश दिन सुत्ने गरेकोले पनि सरकार बार्ता प्रति जिम्मेवार छैन भन्ने कुरा प्रष्ट भएको उनले बताए । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा टिप्पणी गर्दै उनले भने,‘ भारत जानु प्रधानमन्त्री केपी शर्मा ओलीको सौभाग्य हो । जानुस् भारतीय नेताहरुको दर्शन गरेर आउनुस् ।’ नेपाली काग्रेसका नेता डा. नारायण खड्काले मधेसमा अलिकति पनि पहाडी भुभाग नजोड्ने कुरा अतिबादी सोच भएको भन्दै आर्थिक हिसावले पहाड र तराईको सम्बन्धजोडिएकोले अब पहिचानमा आर्थिक सम्बन्धलाई खोज्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण