शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

श्रीयम मसलाको आधिकारिक बिक्रीकेन्द्र चितवनमा बिस्तार

सोमबार, १८ माघ २०७२, १६ : ४८
सोमबार, १८ माघ २०७२
चितवन–खाना पकाउने क्रममा नुन बाहेक अरू सामाग्री मिसाउन नपर्ने स्वदेशी उत्पादन श्रीयम मसलाको आधिकारिक विक्री केन्द्र चितवनको नारायणगढमा बिस्तार भएको छ । अन्नपूर्ण इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरेको श्रीयम ब्राण्डको मसलाको बिक्रीकेन्द्र तथा शोरूम नारायणगढ बजारस्थित् कमलनगरमा संचालनमा ल्याइएको हो । बिक्रीकेन्द्रको उद्घाटन इन्डष्ट्रिजका प्रबन्ध निर्देशक बिधान केसीले गरे । बिक्रीकेन्द्रको उद्घाटन गर्दै प्रबन्ध निर्देशक बिधान केसीले भने, “ खाना पकाउने क्रममा प्राकृतिक स्वाद परिवर्तन नहुने र नुन बाहेक अरु केहीपनि मिसाउन नपर्ने हुँदा श्रीयम मसला चितवनमा पनि उपभोक्ताको पहिलो रोजाइ हुने हाम्रो विश्वास रहेको छ । ” पछिल्लो समय राजधानी उपत्यकामा उपभोक्ताको पहिलो रोजाइ बनिरहेको मसला हरेक नेपालीको पहिलो रोजाइ बन्ने कम्पनीको विश्वास छ । चितवनमा श्रीयम ब्राण्डको मसला पि एण्ड बि सप्लायर्सले भित्राएको हो । श्रीयम मसला हिमाली स्वादमा नेपालमै उद्पादन भएको एक उत्कृष्ट मसला हो । भारतीय मसलाले नेपाली बजारमा दबदबा बढाइरहेका बेला श्रीयम मसलाले स्वदेशमै उत्पादन सुरू गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । नेपालको राजधानी काठमाडौमै उत्पादन सुरू गरिएको श्रीयम ब्राण्डमा विभिन्न २६ प्रकारका मसला उत्पादन हुँदै आएका छन् । कम्पनीले भान्साका लागि चाहिने सबैप्रकारका तरकारी, मटन, चिकन, माछा देखि पानीपुरी र मःम मा प्रयोग हुने सबैखाले मसला बजारमा उपलब्ध गराउँदै आएको छ । बजारमा आएका अधिकांश मसला बाहिरबाट हेर्दा स्वादिलो देखाइएपनि प्रयोग गर्दा बास्ना हराउने समस्यालाई मध्यनजर गर्दै आफुहरूले मसलाको प्राकृतिक स्वाद नहट्ने गरी उत्पादन गरिएको कम्पनीको भनाइ छ । मसलामा अलैँची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी, मरिच जस्ता थुप्रै प्राकृतिक खाद्यवस्तु प्रयोग गरिएको हु“दा खाना पकाउने क्रममा नुनबाहेक अरू सामाग्री आबश्यक नपर्ने एकमात्र मसला भएको कम्पनीको भनाइ छ । यो मसला थोरै मात्रामा राख्दा पनि धेरै लाग्ने र स्वादिलो हुने तथा मानव स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा सबैभन्दा बढि भारतीय मसला प्रयोग भइरहेको छ । स्वदेशमा उत्पादित पनि सानो परिणाममा भएको हुनाले नेपाली मसलाले माग धान्न सकिरहेको छैन । यस्तो अवस्थामा कम्पनीले ठुलो परिणाममा लगानी गरि राजधानी काठमाडौमै उत्पादन सुरू गरेको हो । चितवन पछि मुलुकका अन्य क्षेत्रमा पनि विक्रीकेन्द्र स्थापना गरी हरेक नेपालीको भान्सामा श्रीयम मसला पु¥याउने कम्पनीको योजना रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप