शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दुईवर्ष भित्र नेपाल खाद्यान्नमा आत्मानिर्भर हुन्छः प्रधानमन्त्री ओली

सोमबार, १८ माघ २०७२, १७ : ५०
सोमबार, १८ माघ २०७२

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुईवर्ष भित्र खाद्यान्नमा नेपाललाई आत्मानिर्भर बनाउने तयारीका साथ कार्य भइरहेको बताएका छन् । सोमबार भक्तपुरको बोडेमा कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औ केन्द्रीय महाधिवेशनको सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ‘कृषिमा आधुनिकीकरण गर्ने, खेती र सिंचाइको राम्रो व्यवस्था गर्ने तयारी हुदैँ छ ।’ प्रधानमन्त्री ओलीले देशलाई एक वर्षभत्र लोडसेडिङ्ग मुक्त गर्ने समेत दाबी गरे । उनले देशको विकासका कुरा गर्दा ठट्टा, मजाक र हावादारी कुरा गर्छ भनेर उडाउन खोज्नेलाई सरकारले काम गरेर देखाइदिने समेत बताए । दुई दिन सम्म चल्ने कर्मचारी संघको महाधिवेशनमा ७१ जिल्लाका ५ सय प्रतिनिधी तथा पर्यवेक्षक सहभागी रहेको छन् । महाधिवेशनमा आगामी ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप