सुन बजारमा मौसमी रौनक : माग बढ्यो, आपूर्ति बढेन
काठमाडौं–माघ, फाल्गुन, वैशाख र मङ्सिरलाई विवाहका लागि उपयुक्त महिना मानिन्छ । माघको मध्यपछि लगातार विवाहको लगन सुरु भएसँगै विशेषगरी विवाहमा सबैभन्दा महत्वपूर्ण मानिने ’सुन’को माग ह्वात्तै बढेको छ । सुनबजारमा उताढचढाव देखिएको भएपनि सुनको मौसमी बजार भने तातेको छ । माग अनुसारको बजारमा सुन छैन माघ महिनामा विवाहको लगन सुरु भएसँगै साताको पहिलो दिनदेखि नै सुनको माग बढ्न सुरु भएको छ । ‘अहिले दैनिक ४० किलोसम्म सुनको माग छ । विवाहको मौसम भएकाले सुनको माग अझै बढ्न सक्छ ’, सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने । तर माग अनुसारको आपूर्ति भने नभएको उनको भनाइ छ । अहिले सुनको माग दैनिक ४० किलोसम्म छ तर नेपाल राष्ट्र बैंकले दैनिक १५ किलो मात्र सुन वितरण गरिरहेको छ । जसका कारण माग अनुसारको आपूर्ति हुन नसकेको उनले बताए । मागअनुसारको आपूर्ति नहुँदा बेलाबेलामा सुन बजारमा सुनको अभाव देखिने गरेको छ । नेपाल राष्ट्र बैंकको नीति अनुसार बाणिज्य बैंकहरुले मात्र सुनको आयात गर्न पाउने व्यवस्था छ । बजारको माग र बाणिज्य बैंकहरुले गर्ने सुन आयातमा फराकिलो भिन्नता हुन थालेपछी सुन बजार पनि प्रभावित हुन थालेको हो । सुनका पसल पढे, आपूर्ति बढेन पछिल्लो समय सुनको व्यापार गर्नेहरु भने बढेका छन् । चोकचोकमा नयाँ सुनचाँदी पसल खुल्ने क्रम पनि निकै नै बढेको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अगाडी भन्छन्, ‘सुनको व्यापार गर्नेहरु बढेका छन् । सुनका पसलहरु खुल्ने क्रम पनि बढेको छ । अहिले बजारमा करिव २० हजारको हाराहारीमा सुनचाँदी पसल छन् तर बार्षिक ६ हजार किलो मात्र सुन बजारमा गइरहेको छ जसका कारण बजारमा सुनको अभाव अझैपनि छ ।’ कोटेश्वरका सुन व्यापारी सुमन श्रेष्ठ भन्छन्,’ सुनचाँदीको व्यापार गर्ने पसलहरु बढेअनुसारको सुनको आपूर्ति छैन । विवाहको मौसममा सुनको माग बढेको छ तर त्यस अनुसारको आपूर्ति छैन।’ उनका अनुसार बजारमा व्यापारीहरुका लागि सुन किन्न पनि निकै कठिन छ । भूकम्पको असर गत बैसाखमा गएको विनासकारी भूकम्पको असर सबैजसो व्यवसायमा देखिएका बेला सुन बजारमा पनि त्यसको असर देखिएको छ । विवाहका लागि आवश्यक नै परेकाले मात्र सुन किनिरहेको अवस्था छ भने ग्राहकहरुले पनि खुलेर सुनमा लगानी गर्न चाहिरहेका छैनन् । सुन किन्ने ग्राहकको संख्या पनि घटेको छ भने किनेकाहरुले पनि थोरै परिमाणमा मात्र सुन किनेका छन् । ‘सुनको व्यापार गत बर्षको तुलनामा भने घटेको छ । भूकम्पपछी मानिसहरुले आफ्ना आधारभूत आवश्यकतातिर ध्यान दिन थालेकाले सुनको व्यापार केहि घटेको हो, ’शाक्यले भने । सोमबार बेलुकी कोटेश्वरको अजिमा ज्वेलर्समा भेटिएकी रविना केसी भन्छिन्, ’भूकम्पका कारण मानिसहरुसँग सुनमा लगानी गर्न पैसा छैन । अहिले त काम चलाउ परिमाणमा मात्र सुन किन्नेहरु बढी छन् । सुनचाँदीमा सोचेअनुसारको लगानी नगर्नु ग्राहकको रहर भन्दा पनि बढी वाध्यता हो । ’ कालीगढको पनि अभाव भूकम्पका कारण आफ्नो घरबार गुमेपछी सरकारले दिएको राहत लिन, वा भत्केको घर बनाउनतिर सुनाबजारका कतिपय जनशक्ति लागेका कारण बजारमा कालीगढहरुको पनि अभाव देखिएको छ । ’ बजारमा आवश्यकजति कालीगढ़ छैनन् । भएकाहरु पनि भूकम्पपछी कतिपय आफ्नै गाउँमा व्यस्त छन् भने धेरैजसो भूकम्पले भत्काएको आ–आफ्नो घर बनाउन ब्यस्त छन्,’ सुन व्यापारी सुमन श्रेष्ठले रातोपाटीलाई सुनाए । उनका अनुसार आवश्यकजति कालीगढ नभएका कारण पनि ग्राहकको मागअनुसारको सुनको बेच्न पाइएको छैन । उनी अगाडी भन्छन्, ‘ सुनचाँदी व्यवसायीहरका विभिन्न समस्याहरु सुनचाँदी व्यवसायी महासंघले सरकारसमक्ष प्रस्तुत पनि गरेको थियो । तर सरकारले त्यसको सम्बोधन गर्न सकेको छैन । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण