शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मिनर्वा लगातार सातौं पटक च्याम्पियन

सोमबार, १८ माघ २०७२, २३ : ३८
सोमबार, १८ माघ २०७२
भैरहवा- ठुठिपिपल स्थित मिनर्वा ईङ्गलिस बोर्डिङ्ग स्कूल लगातार सातौं पटक सामुहिक खेलकुद महोत्सवको बिजेता बनेको छ । भैरहवामा जारी महोत्सवमा खेलाडी बिद्यार्थीहरुको उत्कृष्ठ प्रर्दशन जारी रहेको कारण मिनर्वा लगातार ७ पटक गरि कुल ९ पटक महोत्सवको च्यम्पियन बनेको छ । प्रतियोगिता अवधि भर बिविध बिधाका खेलकुद प्रतियोगितामा मिनर्वाले कुद ४४ अंक प्राप्त गरेको थियो । यसै गसर समान २६÷२६ अंक ल्याई युनिक होम्स बोर्डिङ्ग स्कूल र एभरग्रिन बोर्डिङ्ग स्कूल महोत्सवमा दोश्रो स्थान हासिल गरेका छन । समान १७÷१७ अंक ल्याई सनलाईट बोर्डिङ्ग स्कूल र नेपाल नालान्दा उच्च मावि तृतिया भएको सामुहिक बिद्यालउ परिवारका सचिव प्रेम नारायाण् पौडेलले बताए । प्रतियोगिताको सब जुनियर छात्र तर्फ एभरग्रिन बोर्डिङ्ग स्कूल, छात्रा तर्फ एभरग्रिन बोर्डिङ्ग स्कूल र नेपाल नालान्दा संयुक्त तथा सब जुनियरमा टिम बेस्टको रुपमा एभरग्रिन बोर्डिङ्ग स्कूल रहेको थियो । यसै गरि जुनियर छात्र तर्फ युनिभर्सल बोर्डिङ्ग स्कूल, छात्रा तर्फ मिनर्वा ईङ्गलिस बोर्डिङ्ग स्कूल र जुनियर टिम बेस्टको रुपमा पनि मिनर्वा नै रहेको थियो । प्रतियोगिताको सिनियर छात्र, छात्रा र टिम बेस्टको रुपमा समेत मिनर्वा ईङ्गलिस बोर्डिङ्ग स्कूल नै भएको परिवारका सचिव पौडेलले जानकारी दिए । प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेको मिनर्वा ईङ्गलिस बोर्डिङ्ग स्कूलका खेलाडी बिद्यार्थीहरु अहिले बिभिन्न सरकारी तथा सुरक्षा निकायमा कार्यरत रहेको स्कूलका प्रधानाध्यापक राजकुमार गुरुङ्गले बताए । सामुहिक खेलकुद महोत्वसको समापन खेलकुद तथा युवा मन्त्रालयका प्रतियोगिता तथा योजना बिभाग प्रमुख प्रकाश चन्द्र घिमिरेले गरेका थिए । प्रमुख अतिथि घिमिरे तथा बिशिष्ठ अतिथि स्थानिय बिकास अधिकारी युवराज सुवेदीले बिजयी खेलाडी बिद्यार्थी तथा बिद्यालयहरुलाई पुरस्कार बितरण गरेका थिए । समापन समारोह परिवारका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता एवमा सचिव प्रेम नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । २०५९ सालमा स्थापन भएको सामुहिक बिद्यालय परिवारमा भैरहवा, धकधई, लुम्बिनी, हाटी बनगाई, ठुठिपिपल, कोटिहवा, भलवारी लगायतका स्थानमा सञ्चालित १८ वटा बिद्यालयहरु आवद्ध रहेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप