शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बंगबन्धु गोल्डकप विजेता खेलाडीलाई सशस्त्र प्रहरीको सम्मान

सोमबार, १८ माघ २०७२, २३ : ४५
सोमबार, १८ माघ २०७२

काठमाडौं– बगलादेशमा भएको अन्तर्राष्ट्रिय चौथो बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा प्रथम भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउन सफल नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा अफिसियलहरुलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ । कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सोमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका विच खेलाडी तथा अफिसियलहरुलाई खादा ओडाई सम्मान गर्नुका साथै सशस्त्र प्रहरी बलको तर्फबाट प्रसंसापत्र तथा ट्रयाकसुट प्रदान गरे । महानिरीक्षक राईले त्यसअवसरमा आफ्नो खेल जीवन स्मरण गरे । उनले खेल्ने क्रममा आफुले भोगेका समस्याहरु स्मरण गर्दै खेलाडीको समस्याबारे आफु जानकार रहेको तथा खेलाडीहरुको हौषला अभिबृद्धि र उनीहरुको बृत्तिविकासमा ध्यान पु¥याइने बताए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा बोकेर खेल्न पाउनु सौभाग्य भएको उल्लेख गर्दै उनले यो जीत समग्र नेपालको जीत भएको चर्चा गरे ।

कार्यक्रममा महानिरीक्षक राईले टीम क्याप्टेन विराज महर्जन तथा खेलाडीहरु विकेश कुथु, अनन्त तामाङ, मनबहादुर तामाङ, आदित्य चौधरी, जगजित श्रेष्ठ, विशाल राई, अञ्जन बिष्ट, हेमन गुरुङ, बिक्रम लामा, प्रकाश बुढाथोकी, रञ्जन बिष्ट, सुमन लामा, नवयुग श्रेष्ठ, दिनेश राजवंशी, अमृत चौधरी, ऐलेन न्यौपाने, कमल श्रेष्ठ, सुनिल बल, बिमल घर्तिमगर, जाङ्वो शेर्पा, रविन श्रेष्ठ, तेज तामाङ तथा टीम व्यवस्थापक विराटजंग शाही, प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक उपेन्द्रमान सिंह र फिजियो राजु दाहाललाई सम्मान गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ र प्रकाश ओझा लगाएत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप