एसिया प्रशान्त क्षेत्रमा असुरक्षित गर्भपतन गराउने बढी
सोमबार, १८ माघ २०७२, २३ : ५१
काठमाडौँ– एसिया प्रशान्त क्षेत्रमा एक करोड १० लाख महिलाले असुरक्षित गर्भपतन गराएको पाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले आज थाइल्यान्डमा सार्वजनिक गरेको ‘युवा वर्गको यौन तथा प्रजनन स्वास्थ्य, वर्तमान कार्य र नीतिको एक विश्लेषण सन् २०१५’ विषयको प्रतिवेदनमा एक वर्षको अवधिमा यौन तथा प्रजनन क्षेत्रमा सो क्षेत्रको अवस्था एकदमै दयनीय रहेको देखाइएको छ । असुरक्षित यौन सम्बन्ध र जनचेतनाको अभावका कारण पनि महिला बढी नै प्रताडित भएको प्रतिवेदनमा भनिएको छ ।
कोषको प्रतिवेदनमा भनिएको छ ‘“३४ प्रतिशतभन्दा बढी महिलाले असुरक्षित तवरले गर्भपतन गराएको र त्यसमा २५ वर्षभन्दा कम उमेर समूहका महिलाको सङ्ख्या बढी रहेको छ । यस्तै ६६ प्रतिशत बढी महिलालाई त यौन तथा प्रजनन स्वास्थ्यका बारेमा समेत जानकारी नै छैन ।“
यस्तै पछिल्लो १२ महिनामा मात्रै पाँच लाख २० हजार युवामा एड्स तथा एचआइभी सङ्क्रमित रहेको पाइएको छ । यस्तै १५ देखि १९ वर्ष उमेर समूहका युवती यौन हिंसामा पर्ने गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।
नेपालसहित यस क्षेत्रमा ३६ मुलुकमा गरिएको अध्ययनमा कोषले अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको अवस्था गम्भीर रहेको पाइएको उल्लेख गरेको छ । कोषका एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक योरिका यासकुकावाले विश्वव्यापीकरण र विकासका कारण मानव समाज क्रमशः परिवर्तन हुँदै गए पनि नीतिनियम र कानुनमा सार्थक परिवर्तन गर्नुपर्ने तथा युवा समूहलाई उचित चेतना र ज्ञान बाँड्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण