शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दुई बालकको उद्धार

मङ्गलबार, १९ माघ २०७२, ०८ : २२
मङ्गलबार, १९ माघ २०७२

पाल्पा– पाल्पा सिलुवा गाविस–४ का दुई बालक जिल्ला प्रहरी कार्यालयले आफन्तलाई बुझाएको छ ।

सिलुवा गाविस–४ का ११ वर्षीय गोपाल चिदी र १३ वर्षीय चेतनबहादुर चिदीलाई पोखराको पृथ्वीचोकबाट उद्धार गरी निजका बाबु यमबहादुर चिदीलाई बुझाएको जिप्रकाका प्रमुख सुमनकुमार तिमिल्सेनाले बताए । गाडी चढेर घुम्न हिँडेका उनीहरु पोखराको पृथ्वीचोकमा हिँडिरहेका बेला पोखरास्थित बालहितकारी नेपालले फेला पारेर महिला तथा बालबालिका कार्यालय र पछौटेपन उन्मूलन समाज पाल्पाको पहलमा जिप्रकामा ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप